जोगबनी–विराटनगर रेल–वे निर्माणमा पूर्वमन्त्री घिमिरेको चासो, स्थानीयसँग छलफल

जोगबनी–विराटनगर रेल–वे निर्माणमा पूर्वमन्त्री घिमिरेको चासो, स्थानीयसँग छलफल

विराटनगर । जोगबनी–कटहरी रेलमार्ग निर्माणमा भईरहेको ढिलासुस्तीमा प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले चासो राख्नु भएको छ । निर्माणाधिन रेल–वे परियोजनालाई जग्गा उपलब्ध गराउने विषयम स्थानीयसँग परामर्श गरेर सहजीकरण थालिएको हो ।

प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री घिमिरेले मन्त्री हुँदा समेत रेल–वे निर्माणमा चासो राख्नु भएको थियो । पछिल्लो समय रेल–वे परियोजनाले निर्माणको काम अगाडी बढाइरहेको थियो । तर, कटहरीका केहि स्थानीयले जग्गाको मुआब्जामा चित्त नबुझाएपछि पुनः कामले गति लिन सकेको छैन ।

पूर्व मन्त्री घिमिरेले स्थानीयसँग अदालतबाट आउने फैसलालाई पालना गराउने गरि तत्काललाई परियोजना अगाडी बढाउन समझदारी गरिदिन आग्रह गर्नु भएको हो । भारत सरकारले निर्माण गरिदिने परियोजनाको काम विराटनगर–१८ बुधनगरसम्म सम्पन्न भईसकेको छ । जम्मा १८.६ किमीमध्ये हालसम्म ७ किमी दुरीको काम सम्पन्न भएको छ । बुधनगरको लावाघाटदेखि कटहरीतर्फको ८ किमीमा ट्रयाकको काम भईरहेको छ । कटहरीको अन्तिम स्टेशनतर्फका केहि जग्गाधनीले मुआब्जामा चित्त नबुझाएपछि अदालतमा मुद्दा हालेका छन् । जसका कारण काम अगाडी बढाउन समस्या भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्