रेड्स फाउण्डेशनद्वारा विराटनगर विमानस्थलभित्र सेनिटरी प्याड भेन्डिङ मेशिन जडान

<span class='c1'>रेड्स फाउण्डेशनद्वारा विराटनगर विमानस्थलभित्र सेनिटरी</span> <span class='c2'>प्याड भेन्डिङ मेशिन जडान</span>

विराटनगर । महिला तथा बालबालिकाको क्षेत्रको काम गर्दै आएको रेड्स फाउण्डेशन नामक संस्थाले विराटनगर विमानस्थलभित्र सेनिटरी प्याड भेन्डिङ मेशिन जडान गरि हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच संस्थाले विमानस्थलबाट आवागमन गर्ने महिलाहरुलाई लक्षित गदैलाई उक्त मेशिन जडान गरि हस्तान्तरण गरेको हो । विराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्कीले ५ रुपैयाँ खसालेर मेशिनको उद्घाटन गरेकी हुन् । महिला यात्रुहरुलाई सहज भन्ने उद्देश्यका साथ कुल ५ रुपैयाँमा सेनिटरी प्याड उपलब्ध गराउने गरि संस्थाले उक्त मेशिन जडान गरेको हो । संस्थाका अनुसार मेशिनमा २ रुपैयाँको दुईवटा र १ रुपैयाँको एकवटा गरि कुल ५ रुपैयाँको सिक्का खसालेपछि सेनिटरी प्याड प्राप्त हुन्छ । कुल १८ हजारको लागतमा उक्त मेशिन जडान गरिएको संस्थाकी निर्देशक एकता थापा सुवेदीले बताईन् ।

हवाई यात्राका क्रममा विमानस्थलको सेक्युरिटी चेकभित्र प्रवेश गरिसकेपछि पुनः बाहिर निस्कन नमिल्ने भएकाले महिनावारी भएका महिलाहरुको सहजताका लागि उक्त मेशिन जडान गरिएको उनीले जानकारी दिईन् । उनीले भनिन्, ‘विमानस्थल परिसरमा अरु कतै स्यानिटरी प्याड पाईंदैन् । सेक्युरिटी चेक गरेर भित्र पसेपछि त झन बाहिर समेत निस्कन पाईंदैन् । हामीले त्यसमा सहजता थप्ने प्रयास गरेका हौं ।’

मेशिनभित्र पहिलेदेखि नै ३० वटा प्याड स्टकमा हुन्छ । ५ रुपैयाँ खसालेपछि प्याड निस्कन्छ । मेशिनभित्रको प्याड सकिएपछि विमानस्थलबाट खबर प्राप्त हुनासाथ आवश्यकता अनुसार थप प्याड संस्थाले उपलब्ध गराउँछ । प्रारम्भिक चरणमा रेड्स फाउण्डेशनले विमानस्थललाई १०० वटा प्याड उपलब्ध गराईसकेको संस्थाकी निर्देशक सुवेदीले बताईन् । उनीले भनिन्, ‘बजारमा एउटा प्याड किन्नै पाईदैन् । प्याकेट नै किन्नुपर्छ । प्याकेटभित्र ६ वटा प्याड हुन्छ । तर, विमानस्थलमा ५ रुपैयाँ खसालेपछि बजार मुल्यमै प्याड प्राप्त हुन्छ ।’

बुधबारको कार्यक्रममा भने विराटनगर महानगरपालिकाकी उप–मेयर कार्की, विमानस्थल प्रमुख उत्सव राज खरेल र संस्थाका अन्य सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्