विकृतिरहित एकता र सद्भावका साथ मनाऔं होलीपर्व

विकृतिरहित एकता र सद्भावका साथ मनाऔं होलीपर्व

रंगीन पर्व र सा“स्कृतिको महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने योे पर्व नेपाल भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा विशेष मनाइने गरिएपनि आजको दिनमा यो विकृतिको रुपमा समेत मौलाउदै गएको पाइएको छ । होली आउनु भन्दा एक साता अघिदेखि नै तन्नेरीहरुलाई लोलाहान्ने फोहोर पानी छ्याप्ने, जथाभावी इच्छाविपरित एकअर्कालाई जबरजस्ती रंग लगाइदिएर यो पर्वलाई विकृतिको रुपमा लैजानेहरु एकातिर छन् भने अर्कातिर मर्यादित सद्भाव र उमगंकासाथमनाउनेहरु पनि छन् । अझै पहाडी भेगकागाउ“तिर भने भगवानको मन्दिरमा गएर पूजाअर्चना र एकआपसमा रङ्ग लगाईआत्मीयता साटासाट गर्नेर नाचगान गरी पर्व मनाउने गरिन्छ । विजय उत्सव र सद्भावका रुपमा मनाइने यो पर्वका बारेमा धेरै लोकोक्ति र धार्मिक मान्यता रहेको पाइन्छ ।

त्रेतायुगमा दैत्थराज हिरण्य कष्यप आफ्ना छोरा प्रल्हादलाई बहिनी होलीकाको सहयोगमा आगोमा जलाउन खोज्दा होलीका दहन भएको तर प्रल्हादलाई केहि नभएको, द्वापर युगमा कंशको निर्देशनमा पुतनाले स्वरुप बदलेर भगवान् कृष्ण्लाई विषजडित स्तन चुसाएर मार्न खोज्दा कृष्णलाई केहि नभई पुतनाकै मृत्यु भएको भन्ने मान्यता अनुुसार राक्षसी प्रवृत्तिको अन्त भएको, असत्यमाथि सत्यको जितभएको, अधर्म माथि धर्मको जितभएको, दुराचारमाथि सदाचारको जितभएको भनि यस दिनको सम्झनामा मनाइने गरिन्छ यो हाली पर्व ।

सामान्यतया हिन्दु धर्मावलम्बीहरुले समेत धार्मिक मान्यताअनुसार मनाउने गरे पनि अन्य धर्मावलम्बीहरुले समेत धार्मिक सहिष्णुता तथा सद्भावकायम राख्दै हालीपर्व मनाउने गरेका छन् । होली खेल्दाआपसी कटुता,मनमुटाव विर्सिने हुँदा सबैमाअद्वितीय सम्बन्ध स्थापित हुन्छ भन्ने मान्यतासमेत रहेकाले होलीपर्वको संस्कृतिलाई संस्कृतिकै रुपमा संरक्षण गरी आधुनिक पुस्तालाई यसको महत्वकाबारेमा जानकारी गराई निरन्तरतादिनु आजको आवश्यकताहो ।

होलीले भित्रयाएका विकृतिहरु ः
जब हामीबिचआफ्नो धर्मसंस्कृतिको प्रर्याप्त ज्ञान हुँदैन, संस्कृतिलाई संस्कृतिकै रुपमा मनाउनुपर्दछ भन्ने जानकारी हुँदैन तब सम्म संस्कृतिका नाममा विभिन्न विकृतिहरु भित्रिन थाल्छन् । मौकाको फाइदा उठाउन पल्केका र आपराधिक मानसिकता भएका व्यक्तिहरुले यसै अवसरलाई उपयोग गरेर विभिन्न अपराधजन्य गतिविधिहरु गर्छन् । जसको प्रत्यक्ष प्रभाव संस्कृतिमाथि नै आउछ र विस्तारै संस्कृति नै लोप हुदैं जान्छ । होली पर्वमा नी यस्तै संस्कृसत जर्गेना भन्दा विकृति नै बढि देखिन थालेकाले चिन्ताको बिषय बनेको छ । होली मनाउले नाममा प्रचलित कानुनको धज्जी उडाउने, शान्ति र अपराध नियन्त्रणका लागि लागु गरिएका आदेशहरुको पालना नगर्ने, कानुन तथा आदेशको उल्लङ्गघन गर्दा गर्वको महसुस गर्ने गरेकाले पनि विकृतिहरु दिनानुदिन मौलाउदो क्रममा छ । होलीमा विकृतिस्वरुप विभिन्न अवाञ्छित, उच्छृङखल क्रियाकलापहरु हुने, अपराधिक कार्यहरु समेत हुने गरेकाले होलीपर्वको खुसीलाई कायम राख्न सकारात्मक चिन्तन र उचित नियन्त्रण खाँचो रहेको छ ।

रङ्ग लगाउले बहानामा महिलाहरुलाई बढी लक्षित गर्ने, टीका मात्रै लगाउने अनुमति लिएपनि बिस्तारै शरीरका अन्य अंगहरुमा पनि बलपूर्वक रङ्ग लगाइदिने,रंग लगाउ“दै गर्दा महिला संवेदनशीलअंगहरुमा छुने, लोला र पिचकारीले महिलालाई लक्षित गर्ने ।

–रमाइलोकानिम्ति गाँजा, भाङ, मादक पदार्थ जस्ता नहालु पदार्थको सेवन गर्ने, विभिन्नखाद्य पदार्थमा त्यस्तानशालु पदार्थ मिश्रण गर्ने र खाने, खुवाउने । चाड पर्व मनाउने भन्ने बित्तिकै नशालु मादकपदार्थ आउने र त्यसको प्रत्यक्ष असर घरेलु हिंसा,लडाई,झगडा,कुटपिट,मारकाट, करणीजन्य अपराध, गुन्डागर्दी, सर्वसाधारणलाई तर्साउ“दै हिड्ने इत्यादीहुने सवारी चालकले त्यस्ता मादक तथालागु पदार्थ सेवनगरेर सवारी चलाउनाले सडक दुर्घटना भई जनधनको क्षतिहुने ।
–विभिन्नप्रकारका अप्राकृतिक र मिसावटपूर्ण रङ्ग दल्ने बहानामाआाखा, नाक, कान, मुखलगायत शरीरका विभिन्न गोप्य अंगहरुमा गहिरो चोट पुयाउने । लोला, पिचकारी आदिमा फोहोर पानी मिसाएको पानी, हिलो शरीरलाई हानी गर्ने प्रकृतिको रङ्ग, मोबिल समेतको प्रयोग हुने । घरको छतबाट लोला पानीको फोहारा पिचकारी हान्दा आफैं दुर्घटनामा समेत पर्ने, आफनै शरीरलाई हानी गर्ने खालका विभिन्न प्ररकारका रङ्गहरु शरीरमा पेन्ट गरेर अर्धनग्न हिँडने आदी ।
–रङ्ग लगाउले बहानामा महिलाहरुलाई बढी लक्षित गर्ने, टीका मात्रै लगाउने अनुमति लिएपनि बिस्तारै शरीरका अन्य अंगहरुमा पनि बलपूर्वक रङ्ग लगाइदिने, रंग लगाउँदै गर्दा महिला संवेदनशील अंगहरुमा छुने, लोला र पिचकारीले महिलालाई लक्षित गर्ने । महिलाहरु होली खेलिरहेको समूहमा बिना अनुमति प्रवेश गर्ने, विभिन्न प्रकारका अश्लीलता प्रदर्शन गर्ने आदी ।

एकातिर संस्कृति मनाउने नाममा भित्रिएका विकृतिहरु जसबाट व्यक्ति, परिवार र समाजलाई पर्न सक्ने क्षति अनि अर्कोतिर हालसम्मपनि पूर्णरुपमा कोरोना भाइरसको सङ्क्रमण नरोकिएको कारण यसबाट आउन सक्ने खतरा र असहज परिस्थितिका बिच होलीपर्वमाविकृतिलाई नियन्त्रण गर्दै समूह–समूहमा, भीडभाडमा होलीनखेली सबै नेपालीहरुले आआफनै घरमा शान्तिपूर्वक पर्व मनाउनु सजगताहो र बुद्धीमानी पनिहो । तसर्थ, प्रचलितकानुनको पालना गरि आफनो र परिवार तथा समाजको सुरक्षाएवं संस्कृति संरक्षणका लागिमर्यादित,सद्भाव र आत्मीयता साटासाट गर्दै होलीपर्वको जर्गेना गर्दै उत्सव मनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्