विराटनगरमा अभिनेता भुवन केसीको होली

विराटनगरमा अभिनेता भुवन केसीको होली

विराटनगर । नेपाली चलचित्रका अभिनेता भुवन केसीले बिहीबार विराटनगरका युवासँग होली मनाउनु भएको छ । अथिति सदनमा विराटनगर राउण्ड टेवल नम्बर ५ ले आयोजना गरेको ‘कलर वाल्कथोन’ कार्यक्रममा प्रमुख अथिति रहेका केसीले शुभकामना साटासाट गर्नु भएको हो ।

रमाइलो मुद्रामा देखिएका अभिनेता केसीले होलीले सबैलाई एकतावद्ध बनाउन प्रेरित गरोस् भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सभ्य र भव्य होली मनाउँदा वातावरणप्रति ध्यान दिनुपर्ने बताउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी दाहालले होली राम्रोसँग मनाईरहँदा युवाहरुले शहरमा भएको फोहोर कसरी हटाउने भन्ने विषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । हरेक हप्ताको शुक्रबार एक घण्टा विराटनगरको फोहोर संकलन र व्यवस्थापन गर्ने कार्यक्रम राखिएको बताउँदै दाहालले नगरवासीसँग सहयोगका लागि अपिल गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्