मोरङको सीमा क्षेत्रमा सुरक्षा निकायको टोलि

<span class='c1'>मोरङको सीमा क्षेत्रमा</span> <span class='c2'>सुरक्षा निकायको टोलि</span>

विराटनगर । होली पर्वको अवसरमा हुनसक्ने संभावित घटनाको पूर्व आंकलन गर्न मोरङका सुरक्षा प्रमुखहरुको टोलि बिहीबार जिल्लाको सीमा क्षेत्र निरीक्षणमा निस्केको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वमा, प्रहरी प्रमुख जनार्दन जिसी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेल, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधिसहितको टोलि सीमा क्षेत्रको निरीक्षणमा निस्किएको हो ।

होली पर्वमा सीमा क्षेत्रका होटलमा भारतीयहरुको भीड लाग्ने भएकोले त्यस्ता होटलबाट हुनसक्ने अखाद्य वस्तुको बिक्री वितरणलाई रोक्न अनुगमन समेत गर्ने कार्यक्रम राखिएको छ । त्यस बाहेक सीमा क्षेत्रबाट हुने अवैध व्यापारको सुक्ष्म ढंगले अध्ययन गर्ने योजना राखिएकेो छ ।
बिहीबार बिहानैदेखि विराटनगरको सीमा क्षेत्रको बजार रानी, दरैया, मटेर्वा, इस्लामपुर हुँदै दक्षिणी क्षेत्रका बजारको अनुगमन सुरु गरिएको छ । दिनभर जिल्लाको दक्षिणी क्षेत्रमा अनुगमन गर्ने कार्यक्रम लिएर सुरक्षा प्रमुखहरुको टोलि निस्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्