विराटनगरको आर के सिटी सेन्टरमा उपभोक्तालाई विशेष समर अफर

विराटनगरको आर के सिटी सेन्टरमा उपभोक्तालाई विशेष समर अफर

विराटनगर । विराटनगर-८ हाटखोलामा रहेको आर के सिटी सेन्टरले आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई होली विशेष र समर अफर ल्याएको छ ।

३ बर्ष अघि संचालनमा आएको आर के सेन्टरले आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई विभिन्न सामान खरिदमा विशेष आफर दिएको आर के सिटी सेन्टरले जनाएको छ । सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्री सहित इलेक्ट्रोनिक्स, लताकपडा लगायत अन्य सामाग्री खरिद गर्न आउने उपभोक्तालाई विशेष समर अफर दिएको आरके सिटी सेन्टरका प्रतिनिधी आशिका श्रेष्ठ चौधरीले बताउनुभयो ।

आधुनिक लिफ्टसुविधा सहित अण्डर ग्राउण्ड पार्किङको समेत व्यावस्था रहेको सिटी सेन्टरमा विराटनगर लगायत पुर्वी क्षेत्रबाट बढी मात्रा उपभोक्ता आउने गर्दछन् । अत्याधुनिक सुविधा सम्पन्न ७ तले भवनमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, जुम्बा लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विश्वप्रख्यात ब्रान्डहरुको आउटलेटहरु समेत राखिएको छ । आरके सिटी सेन्टरमा एक्सक्लुसिभ हाइ इन्ड आर्टिफिसियल ज्वेलरीका लागि “ जेम्स ग्यालोर “ जस्ता ब्राण्डहरुको आदा दर्जन बढी आउटलेटहरु राखिएका छन् ।

यति मात्र हैन आर के सेन्टरको टप रुफबाट विराटनगरको मनोरम दृष्य अवलोनक मज्जाले हेर्न सकिन्छ । दिउँसोको समयमा भन्दा रातको समयमा मन आनन्दित बनाई दिने किसिमको विराटनगरको झिलिमिली शहर देख्न सकिन्छ । आर के सिटी सेन्टरको सातौँ तलामा रहेको स्काई लाउन्ज एण्ड बारमा विभिन्न मिठा मिठा खानाको परिकार खादै विराटनगरको मनोरम दृष्यवलोकलन हेर्न सकिन्छ ।

पछिल्लो समय विराटनगरका साथसाथै आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विराटनगरमा बिभिन्न ठुला ठुला मल तथा सपिंग सेन्टरहरु खुल्दै गएपछि एकै ठाँउमा सामान खरिद गर्न पाईने भएकोले धेरै नै सहज हुने गरेको आर के सिटी सेन्टरमा भेटिएका उपभोक्ताको सवनम राजबंशीले बताउनुभयो ।

खुलेको केहि समयमै कोरोना महामारीको मार खेप्नु परेको आर के सिटि सेन्टरले कुनै हार नखाई निरन्तर लागी परेको आर के सिटी सेन्टरका व्यावस्थापक प्रवद्धक संजिव गजमेरले बताउनुभयो । उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गर्ने विश्वास लिदै नयाँ ढङगबाट सिटी सेन्टरलाई संचालन गर्न लागिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्