विराटनगरका दुईवटा सप्लायर्सलाई बिलबिजक जारी नगरेको आरोपमा जरिवाना

विराटनगरका दुईवटा सप्लायर्सलाई बिलबिजक जारी नगरेको आरोपमा जरिवाना

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वको टोलीले बिलबिजक जारी नगर्ने दुईवटा फर्मलाई जरिवाना गरेको छ । विराटनगरको दक्षिणी क्षेत्रका विभिन्न १७ वटा मदिराजन्य कारोबार गर्ने फर्म तथा होटलको आज अनुगमन गर्ने क्रममा दुइवटालाई जरिवाना गरिएको हो ।

वाणिज्य, आपू्रर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार विराटनगर–१७ को देउराली स्टोरलाई १० हजार र विराटनगर–१५ को श्रेष्ठ सप्लायर्सलाई २० हजार रुपैँया जरिवाना गरिएको हो । १७ वटा मदिरा बिक्री गर्ने पसल तथा होटलको अनुगमन गरिएको थियो । त्यसमध्ये दुईवटालाई जरिवाना र बाँकीलाई सुझाव तथा सुधारको निर्देशन गरिएको छ ।

अनुगमन टोलिलमा मोरङका प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख र आन्तरिक राजश्व कार्यालयका कर अधिकृत रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्