मोरङकाे रंगेलीमा भीषण आगलागी

मोरङकाे रंगेलीमा भीषण आगलागी

रबिन्द्र बराल
विराटनगर । मोरङ रंगेली नगरपालिका-५ आँपगाछीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

दिगम्बर मण्डलको २ तले ५ कोठे घरमा आगलागी भएको हाे । विद्युत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ । घर धनीको अनुसार नगद रु.५ लाख रुपैयाँ , १६ ताेला सुन, ५० ताेला चाँदी, अन्नपात, लत्ता कपडा,भाडावर्तन रु.३८ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगाे नियन्त्रणका लागि नेपाल प्रहरी , रंगेलीकाे दमकल, कानेपोखरीको दमल ,सशस्त्र प्रहरी र स्थानीय को सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्