१८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुको प्रदर्शन

<span class='c1'>१८ महिने बालिकाको बलात्कारपछि हत्याको</span> <span class='c2'>विरोधमा विराटनगरमा महिलाहरुको प्रदर्शन</span>

विराटनगर । १८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् ।

शनिबार विराटनगरको महेन्द्र चौकबाट र्‍याली निकाल्दै 'नारी द पावर एक शान्ति' समुहका महिलाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विराटनगरको बजार परिक्रमा गर्दै पुन: महेन्द्र चौकमै आएर दीप समेत प्रज्जवलन गरेका छन् । आगामी दिन थप यस्ता घटना हुन नदिन राज्यले पनि ठोस कानुन बनाउनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने उनीहरुको माग छ ।

गएको केही दिनयता मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने एक बालिकाको बलात्कारपछि हत्या गरिएको थियो । पछिल्लो समय सोही बिषयको विरोधमा प्रदर्शन हुँदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्