विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ मा गणेश मन्दिर टोल संगठन गठन गरिएको छ ।
शनिबार बसेको स्थानीय बासिन्दा प्रथम भेलाले सर्वसम्मति रुपमा ९ सदस्यीय टोल संगठन समिति गठन गरेको हो । समितिको अध्यक्षमा रेवत राम अधिकारी, उपाध्यक्षमा रञ्जु यादव, सचिवमा पुष्पा चापाँगाईं, सह–सचिवमा रुक्मिनी महतो, कोषाध्यक्षमा टिका खड्का र सह–कोषाध्यक्षमा कविता यादव चयन भएकी छन् । यस्तै टोल संगठनको सदस्यहरुमा भिम बहादुर राई, बिन्दु कर्ण र कुशेश्वर यादवलाई सर्वसम्मति चयन गरिएको विराटनगर महानगरपालिका संयुक्त टोल संगठन समितिका अध्यक्ष राजेश मास्केले बताए । शनिबारको भेलाले संगठनको सल्लाहकार समितिको संयोजकको जिम्मेवारी भने स्थानीय बिमल सुवेदीलाई प्रदान गरेको यसअघि गठिन निर्वाचन समितका सचिव सरोज कार्कीले जानकारी दिए ।
स्थानीयले निर्वाचन प्रक्रियाबाट टोल संगठनको समिति गठनको तयारी गरेका थिए । तर, उम्मेदवारी र खासै दाबी विरोध नभएपछि सर्वसम्मति रुपमा वडा नं. १२ को गणेश मन्दिर टोल संगठन गठन भएको हो । संंगठनले वडा नं. १२ को गणेश मन्दिर टोलको विकास निमार्ण र राज्य प्रदत्त सेवा सुविधाका क्षेत्रमा बिशेष कार्ययोजना सहित काम गर्ने जनाईएको छ ।