सबै प्रकारका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा खुल्यो ‘अर्गानिक घर’

सबै प्रकारका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा खुल्यो ‘अर्गानिक घर’

विराटनगर । पुर्वदेखि पश्चिमसम्मका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा अर्गानिक घर सञ्चालनमा आएको छ ।

विराटनगरको ट्राफिक चौक नजिकै रहेको रेम्बो गल्लीमा सोमबारदेखि उक्त पसल सञ्चालनमा आएको हो । विराटनगरकै युवा अभिषेक गौतमले २ वर्षदेखिको अनलाईन व्यापारलाई भौतिक रुपमा खरिदबिक्री गर्न मिल्ने पसलको रुपमा विस्तार गरेका हुन् ।

सोमबार उदघाटन भई औपचारिक रुपमा सञ्चालनमा आएको उक्त अर्गानिक घरमा इलामको चियादेखी धनकुटाको शुद्ध घिउसम्मका अर्गानिक उत्पादनहरु उपलब्ध रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्