बीकेभीएम र जेम्स टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको फाइनल चरणमा

बीकेभीएम र जेम्स  टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको फाइनल चरणमा

विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित कावरा ग्रुपद्वारा पूणरूपले प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो दिनको खेल सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मुख्य अथितिका रूपमा काबरा ग्रुप अफ इन्डस्ट्रिका प्रबन्ध निर्देशक नवल किशोर काबरा रहनु भएको थियो। विराटनगर जूनियर जेसिस वर्ष २०२१ की अध्यक्ष जूनियर जेसी जिना शर्मा सभापतित्वमा सम्पन्न भएको वर्ष २०२२ का अध्यक्ष जूनियर जेसि विकल्प न्यौपानेले जानकारी दिए ।

उक्त कार्यक्रममा विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष साथै हाजिर जवाफ प्रतियोगिताका क्विज मास्टर जे.सि.डा.सन्देश दास श्रेष्ठले संचालन गर्नु भएको थियो। सो कार्यक्रममा संयोजकका रूपमा जूनियर जेसी आयुष खतिवडा, कार्यकम सहसंयोजक रूपमा जूनियर जेसी ओम जोगी,जूनियर जेसी श्रीयम सुवेदी , जूनियर जेसी सरु पराजुली रहनु भएको थियो ।

पहिलो दिन को खेलमा जेसी बाल सदन ,जेम्स इन्टरनेशनल स्कूल ,शिक्षा दीप स्कूल, बीकेभीएम, आदर्श मा वि र ब्राइट फ्युचर स्कूल बीच प्रतिस्पर्धा रहेको थियो । सो खेलमा बीकेभीएम प्रथम र जेम्स इन्टरनेशनल स्कूल दोश्रो हुँदै अर्को चरणमा प्रवेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्