विराटनगर । मोरङको लेटाङमा गता आईतबार एक महिला प्रहरीको ज्यान जानेगरी भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार विहान विरोध प्रदर्शन गरेका हुन् ।
लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई यौनजन्य दुव्र्यवहार गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै भएको विरोध हिंसामा परिणत भएको थियो ।
घटनामा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएपछि विद्यार्थीहरुले दुवै घटनाका दोषिहरुलाई कारवाही गर्न माग गर्दै विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बिए, बिबिएस लगायत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।
महेन्द्र मोरङ क्याम्पसबाट निकालीएको ¥याली मेहन्द्र चौक , पुरानो गुद्री हुदै ट्राफिक चौकमा पुगेर कोण सभा गरेका थिए ।
विद्यार्थीहरुले मृतक महिला प्रहरी उर्मिला श्रेष्ठको तस्विर सहितको प्लेकार्ड बोकेर प्रदर्शनमा निस्कीएका थिए ।
विद्यार्थीहरुले एउटी छोरीको न्यायको खोजी गर्दा जनताको सुरक्षामा खटिएकी अर्की छोरीको हत्या गर्ने कार्य निन्दनीय भएको बताए । उनीहरुले कुनैपनि हालतमा दोषी जोगिन नहुने भन्दै अनुसन्धानका लागि सरकारलाई दवावसमेत दिएका थिए ।
यतिबेला लेटाङमा भएको घटना मुलुक ध्यान केन्द्रित भएको छ । जनताको सुरक्षारर्थ खटिएकी उर्मिलाको विभत्स तरिकाले हत्या गरेपछि मुलुकभरका नेपाल प्रहरी यतिबेला दुखित भएका छन् ।