दलितको पक्षमा कलम चलाउँदै आएका पत्रकार लम्साल सम्मानित

<span class='c1'>दलितको पक्षमा कलम चलाउँदै</span> <span class='c2'>आएका पत्रकार लम्साल सम्मानित</span>

विराटनगर । पछौटेपनको शिकार भएका दलित समुदायको हक अधिकारको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार गणेश लम्साल सम्मानित भएका छन् ।

७ र ८ चैतमा प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न पहिलो दलित जनप्रतिनिधिहरुको भेलामा नयाँपत्रिका दैनिकका प्रदेश १ का समाचार ब्युरो प्रमुख पत्रकार लम्साल सम्मानित भएका हुन् । ५७ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को अवसरमा प्रदेश १ सरकार, समता फाउण्डेसन र रिडेफ नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पत्रकार लम्साललाई सम्मान गरिएको हो । उनलाई प्रदेश नं. १ का प्रमुख पर्शुराम खापुङ, सामाजिक विकास मन्त्री राजन राई र स्वास्थ्य मन्त्री जयराम यादवले संयुक्त रुपमा नगद र प्रमाण सहित सम्मान गरेका थिए ।

लम्साल भने दलित समुदायको हक अधिकार सुनिश्चितताको पक्षमा निरन्तर मुलधारका आमसञ्चार माध्यमहरुमा समाचार र लेखहरु प्रकाशन गर्दै आएका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्