विराटनगर । विराटनगर महानगरपालिका वार्ड ८ मा रहेको हाटखोला मैदानमा निःशुल्क योग शिविर हुने भएको छ ।

पतंजलि योग समिति मोरङको आयोजना तथा लायन्स क्लव ईन्टरनेश्नल डिस्ट्रीक ३२५ ए वान सह आयोजक र विराटनगर महानगरपालिकाको सहयोगमा एक हप्ता सम्म निःशुल्क योग शिविर हुने भएको हो । भोली बुधबारदेखी आगामी १५ गते सम्म योग शिविर हुने पतंजलि योग समिति मोरङका अध्यक्ष धुब्र तामाङले जानकारी दिनुभयो ।

हरेक दिन बिहान ४ः३० बजेदेखि ७ बजेसम्म शिविर सञ्चालन हुने अध्यक्ष तामाङले बताउनुभयो ।
भारतको हरिद्वारबाट आएका साध्वीद्वय देवा दीपा र साधवी द्विविजयाले योगको प्रशिक्षण दिइईने आयोजकले जनाएको छ । शिविरको पुर्वसध्यामा आयोजक समितिले विराटनगरमा ¥याली समेत निकालेको छ ।
