टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताकाे पहिलो र दोश्रो दिनको खेल सम्पन्न

टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताकाे पहिलो र दोश्रो  दिनको  खेल सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित काब्रा ग्रुप ( क्वालिटी फुड) द्वारा प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो र दोश्रो दिनको खेल सम्पन्न भएको छ । २६ बर्ष देखि निरन्तर एउटै आयोजक र एउटै प्रायोजक रहेको हाजिरी जवाफ निरन्तर रुपमा चलिरहेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी काब्रा ग्रुपका प्रबन्ध निर्देशक नबल किशोर काब्रा रहनु भएको थियो । विराटनगर जूनियर जेसिसका संस्थापक अध्यक्ष साथै हाजिर जवाफ प्रतियोगिताका क्विज मास्टर डा.सन्देश दास श्रेष्ठले संचालन गर्नु भएको थियो । सो कार्यक्रममा संयोजकका रूपमा जुनियर जेसी आयुष खतिवडा, कार्यकम सहसंयोजक रूपमा जुनियर जेसी ओम जोगी,जुनियर जेसी श्रीयम सुवेदी , जुनियर जेसी सरु पराजुली रहनु भएको थियो ।

पहिलो दिनको खेलमा जेसि बाल सदन , आदर्श मा बि , जेम्स इन्टरनेशनल , बीकेभीएम , ब्राइट फ्युचर स्कुल को सहभागिता रहेको थियो भने , उक्त खेलबाट बीकेभीएम र जेम्स इन्टरनेशनल स्कुल फाइनल प्रवेश गरिसकेका छन् ।

दोश्रो दिनको पहिलो चरणको खेलमा सगरमाथा स्कुल ,लिटल फ्लावर स्कुल इटहरी ,एमिटी स्कुल , सहिद स्मृति स्कुल , स्टार बोर्डिङ स्कुल र मोरङ पब्लिक स्कुल बीच प्रतिस्पर्धा रहेको थियो । सो खेलमा सगरमाथा स्कुल र लिटल फ्लावर स्कुल फाइनल चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै दोस्रो दिनको दोश्रो चरणको खेल एभरेस्ट स्कुल , सिद्धार्थ शिशु सदन , पाथिभारा स्कुल मोडर्न एरा स्कुल , सप्तकोशी स्कुल र गोग्राह उच्च माबी बिच प्रतिस्पर्धा रहेको थियो । सो खेल विराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सन्दीप दास श्रेष्ठले क्विज मास्टरका रुपमा संचालन गर्नु भएको थियो । उक्त खेलबाट एभरेस्ट बोर्डिङ स्कुल र मोर्डन एरा स्कुल फाइनल प्रवेश गरेका छन् ।

फाइनल बुधबार ११ बजे देखि महानगरपालिकाको सभाहलमा सुरु हुने छ । भने प्रतियोगितामा प्रथम हुनेले रनिङ सिल्ड सहित सर्टिफिकेट प्राप्त गर्ने छन् । भने द्वितीय र तृतीय हुनेले नगद पुरस्कार र सर्टिफिकेट सहित पुरस्कृत हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्