श्री इन्भेष्टमेन्टद्वारा जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण

श्री इन्भेष्टमेन्टद्वारा जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण

विराटनगर । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले जेनिथ इन्टरनेशनल कलेजका ५० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

श्री इन्भेष्टमेन्टले कलेजका एमबीए र बिबिए अध्ययनरत विद्यार्थीहरुलाई ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अबाउट मनी’ बिषयक प्र्रशिक्षण प्रदान गरेको हो । विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरुक बनाउन तथा व्यवहारमा सुधार ल्याई सक्षम बनाउन उक्त प्रशिक्षण दिईएको श्री इन्भेष्टमेन्टका विराटनगर शाखा प्रबन्धक हरि बहादुर श्रेष्ठले बताए । इन्भेष्टमेन्टले मङ्गलबार ग्लोबल मनी विक–२०२२ को अवसर पारेर जेनिथ कलेजका विद्यार्थीहरुलाई उक्त प्रशिक्षण दिएको थियो ।

मङ्गलबारको कार्यक्रममा भने अर्थविद् प्रो.डा. पिके झा, नेपाल राष्ट्र बैंकका प्रदेश नं. १ प्रमुख श्रीमती मिना पाण्डे, जेनिथ कलेजका चेयरमेन डा. डिएन चौधरी र डा. सन्देश दास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्