लेटाङ घटनाको अनुसन्धानमा सिआईबी समेत खटियो

लेटाङ घटनाको अनुसन्धानमा सिआईबी समेत खटियो

विराटनगर । मोरङको लेटाङमा एक जना प्रहरीको हत्या भएको घटनाको अनुसन्धानलाई प्रहरीले गम्भीर रुपमा लिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरिएको छ ।

घटनामा लागुऔषध प्रयोगकर्ताले हुलहुज्जत बढाएको आशंका गरेको छ । जसका कारण गत आइतबार मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षिय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा २५ प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए ।
मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको बताउनुभयो । प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द चौधरीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

प्रहरीको ज्यान जाने गरी भएको आक्रमणपछि कफ्र्यु लगाइएको लेटाङ क्षेत्रबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी राखेको छ । नियन्त्रणमा लिइएकालाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिर्दै आएको छ । नियन्त्रणमा लिइएकाहरुको नाम प्रहरीले सार्वजानिक गरेको छ । घटनामा ज्यान लिने व्यक्तिको पहिचान गरेर कारवाही गरिनुपर्ने माग चौतर्फी रुपमा उठिरहेको छ ।

लेटाङ क्षेत्रका लागु्औषध प्रयोगकर्ताहरु प्रहरीको निगरानीमा छन् । यौन दुव्र्यवहारको घटनामा संलग्नलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि आक्रमण गरिएका कारण सुरक्षामा चुनौती समेत थपिएको छ । छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई नियन्त्रणमा लिनुपर्ने माग राख्ने स्थानीयले नै प्रहरीमाथि आक्रमण गरेका थिए ।
लेटाङ तनाव सुरु भएलगत्तैदेखि लागुऔषध प्रयोगकर्ताहरु प्रहरीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको छ । पछिल्लो समय प्रहरीले अनुसन्धान अगाडी बढाईसकेपछि पनि विभिन्न माग राखेर अनावश्यक आन्दोलन गर्ने कुराप्रति प्रहरी गम्भीर बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्