पर्यटन क्षेत्रको एकिकृत जानकारीका लागि ‘गुन्द्री अनलाइन’ सेवा

पर्यटन क्षेत्रको एकिकृत जानकारीका लागि ‘गुन्द्री अनलाइन’ सेवा

विराटनगर । निजीस्तरको अनलाइन कम्पनीले नेपालको पर्यटन व्यवसायसँग जोडिएका क्षेत्रलाई एकिकृत सुचना प्रणालीमा जोडेको छ । पर्यटन क्षेत्रको एकिकृत सुचनालाई ‘गुन्द्री अनलाइन’ कम्पनीले एउटै अनलाइन पोर्टलमा समावेश गरेको हो ।

चारवर्ष अगाडीदेखि सुरु गरेको यो अनलाइनले हालसम्म देशभरका दुईहजार ५०० होटलको विवरण राखिसकेको छ । देशभरका दशहजार होटलको विवरण संकलन गरिसकेको अनलाइनले हवाई सेवा, भाडाको सवारीको विवरण समेत डाटाबेशमा समावेश गर्ने भएको छ ।
विराटनगरका पर्यटन व्यवसायीसँग गुन्द्रीका कार्यकारी निर्देशक बिनोद अधिकारीले पर्यटन क्षेत्रको सुचनालाई डिजिटल प्लेटफर्ममा लैजाने प्रयास उपलब्ध गराउन अनलाइन पोर्टलमा जोडिएको दावी गर्नुभयो । अनलाइनमा होटलको तस्वीर, स्तर, सेवा, विशेषता, क्षमता र सम्पर्क नम्बर उपलब्ध हुनेछ । कार्यकारी निर्देशक अधिकारीले काठमाण्डौंमा केन्द्रीय कार्यालय राखेको कम्पनीले अष्ट्रेलिया र अमेरिकामा सम्पर्क शाखा कार्यालय स्थापना गरेको जानकारी दिनुभयो ।

बिहीबार विराटनगरका पर्यटन व्यवसायीलाई कम्पनीको अवधारणा बारे जानकारी गराइएको थियो । जसमा सेवाग्राही र पर्यटन व्यवसायीबीच ‘कनेक्सन’को माध्यमको रुपमा अनलाइनको सुरुवात गरिएको बताइएको छ । यो अनलाइनमार्फत नेपाल घुम्न आउने विदेशी पर्यटकले यहाँका होटल, टुर प्याकेज, सवारी साधनको सुविधा र पर्यटकीय क्षेत्रको बारेमा जानकारी लिन पाउनेछन् ।
योसँगै अनलाइनले नेपालमा आयोजना हुने पर्यटन तथा औद्योगिक महोत्सवको बारेमा समेत जानकारी गराउने सुचना राख्ने भएको छ । हवाई सेवाका लागि टिकट लिनका लागि गुन्द्री अनलाइनले ग्योवल डिस्ट्रिब्यूसन सिस्टमको अनुमति लिइएको दावी छ । यो सिस्टमको अनुमतिले देश तथा विदेशमा जानका लागि समेत हवाई टिकेटिङको सेवा लिन सक्ने सुविधा रहेको छ ।

अनलाइनका व्यवसायीक अर्का पार्टनर ओम कोइरालाले देशभरका सबै होटल, ट्राभल्स र भेइकल्सको सुचना राखेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज बनाउने उद्देश्य राखिएको बताउनुभयो । सेवाग्राही र पर्यटन व्यवसायीबीच मात्रै कनेक्सन रहेको अनलाइनलाई व्यवसायी–व्यवसायीबीचको कनेक्सनमा समेत जोड्ने लक्ष्य राखिएको छ ।
सेवाग्राहीले गुन्द्र अनलाइन डटकम लग इन गरेर त्यहाँबाट देशभरका कुनै होटल बुकिङ गर्नसक्ने सुविधा दिइएको छ । यसबाट सेवाग्राहीले लग इन गरेर होटल बुक गर्दा त्यस वापतको निश्चित चार्ज होटलले अनलाइनलाई बुझाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्