नभ्यता र आरम्भले जिते मिस्टर एण्ड मिस लिटलको उपाधि

नभ्यता र आरम्भले जिते मिस्टर एण्ड मिस लिटलको उपाधि

विराटनगर । चौथों संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले जितेका छन् ।

जय मिडिया मेनेजमेन्ट प्रालिले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३०- ३० हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरे । मिस लिटलतर्फको अर्गनाइजर च्वाइस विजेतामा विराटनगरका अदिती ढकाल र मिस्टर लिटलतिर विराटनगरका विशेस कार्की घोषित भए । उप विजेतामा इटहरीकी आरोही सुवेदी र विराटनगरका अविरल घिमिरे भएको सिइओ निशा खतिवडाले जानकारी दिए । मिस लिटलतर्फको सेकेन्ड रनरअप धरानकी एम्मा गुरूङ्ग, थर्ड रनरअप विराटानगरकी दिप्रभा रेग्मी भइन् । फ्रोर्थ रनरअप मोरङ सुन्दरहरैचाकी स्नेहा रेग्मी घोषित भइन् । यसैगरि मिस्टर लिटलतर्फको सेकेण्ड रनरअप विराटनगरका प्रिसं ओझा, थर्ड रनरअप विराटनगरकै शिवासं तिमसिना र फ्रोर्थ रनरअप इटहरीका निश्चल गुरूङ्ग भए ।

मिस ट्यालेन्ट सुमिना राई, मिस्टर ट्यालेन्ट शिखर तामाङ, मिस पोपुलर सुमिना राई, मिस्टर पोपुलर प्रसन्न तामाङ भए । मिस क्याटवक आस्था गिरी, मिस्टर क्याटवक अविरल घिमिरे, मिस फ्रेन्डसिप युविका कार्की, मिस्टर फ्रेन्डसिप शिखर तामाङ घोषित भए । यस्तै मिस फि़िजक सुभासना श्रेस्ठ, मिस्टर फि़जिक देवांश बजाज, मिस फोटोजेनिक रूवी सेढाइ र मिस्टर फोटोजेनिकको एवार्ड एनिफ यादवले जिते । मिस बेस्ट ट्रान्स्फरमेसन अनुजा कार्की, मिस्टर बेस्ट ट्रान्स्फरमेसन मनिष कट्वाल भए । मिस बब्ली सोजिना लिम्बु, मिस्टर बब्ली विशेष कार्की तथा मिस क्यूट प्रसंसा शर्मा र मिस्टर क्यूट हर्सित चौधरी घोषित भए । मिस डिसिप्लीन अन्शु कार्की, मिस्टर डिसिप्लीन अनमोल घिमीरे भए ।

यस्तै मिस चार्मिङ स्रीष्टी खत्री, मिस्टर चार्मिङ प्रिसं ओझा, मिस इन्टेलेक्ट आर्सी देव, मिस्टर इन्टेलेक्ट आरम्भ ढकाल भए । मिस कन्फिडेन्ट अदिती ढकाल, मिस्टर कन्फिडेन्ट शिवासं तिम्सिना, मिस पब्लिक च्वाइस स्नेहा रेग्मी, मिस्टर पब्लिक च्वाइस आरम्भ ढकाल घोषित भए । मिस मल्टीमिडिया आश्री निरौला, मिस्टर मल्टीमिडियाः अर्नभ प्रसाई, मिस्टर हेन्डसम इशान अधिकारी, मिस साइनिङ स्टार अमिशा अधिकारी, मिस प्रसनालिटी दिप्रभा रेग्मी, मिस ब्यूटी वित ब्रेन आरोही सुवेदी, मिस भर्टुवस शुभानी चौधरी, मिस ब्यूटीफुल हेयर आयुषा शर्मा, मिस ब्यूटीफुल आइज इसानी दत्त, मिस ब्यूटीफुल अबिप्सा पौडेल, मिस ग्लामरस लुक गरिमा आचार्य, मिस हार्डवर्कीङ आरूषी पोखरेल, मिस एलेगेन्ट निर्भाना भट्टराई, मिस स्माइल मिमान्शा सिहं बस्नेत भए । मिस फेयर स्किन नभ्यता ढकाल, मिस ग्रेसफुल ओरीका पोखरेल, मिस एक्टिभ आरियाना शर्मा, मिस फेसन आइकन एम्मा गुरूङ, मिस आउटस्टान्डीङ पर्फरमेन्स राधिका नेपाल भइन् ।

प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली रहेका थिए । स्पेशल सेलेब्रेटी अभिनेता बिपिन कार्की रहे । प्रतियोगिताको निर्णयकहरुमा मोडल दिक्पाल कार्की, कोरीयाग्राफर प्रिया रानी लामा, मिस कोशी २०२१ सिजन ६ का बिजेता प्रशिका श्रेष्ठ र एपी वानका पूर्व जिएम बिकास लामिछाने रहेका थिए । बालवालिकाहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको चियरम्यान जय राज रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्