विराटनगर । नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् ।
कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् ।
संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए ।
यसअघि प्रमुख सचेतक रहेका केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि सो पद रिक्त थियो ।
आफूले पाएको जिम्मेवारीलाई पूर्णतः नैतिकता र इमानदारिताका साथ निर्वाह गर्ने राईले बताए ।
साभार :बाह्रखरी
फोटो:फाइल