जुनियर जेसिज टेस्टी टेस्टी क्विजको पाचौँपल्ट विजेता बन्न सफल सगरमाथा स्कुल

जुनियर जेसिज टेस्टी टेस्टी क्विजको पाचौँपल्ट विजेता बन्न सफल सगरमाथा स्कुल

विराटनगर । विराटनगरमा सम्पन्न भएको २६ औँ सस्करण को टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ जसमा बिगतमा ४ पटकसम्म विजेता बनेको सगरमाथा स्कुल विराटनगर पाचौँपल्ट पनि विजेता बन्न सफल भएको छ ।

विराटनगर महानगरपालिकाको सभाहल मा सम्पन्न प्रतियोगितामा विराटनगरका-१७ स्कुललाई पछि पार्दै सगरमाथाले उपाधी आफ्नो पोल्टामा पारेको हो ।
त्यस्तै दोस्रो स्थानमा एभरेस्ट स्कुल पर्न सफल भएको छ भने तेस्रो स्थानमा समान अन्कका साथ मोडर्न एरा स्कुल र बीकेभीएम विराटनगर बिजयी भए । फाइनलको रोमान्चक खेलको संचालन विराटनगर जुनियर जेसिजका सस्थापक अध्यक्ष , विराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि डा.संदेश दास श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली , काबरा ग्रुप अफ इन्डस्टृज का निर्देशक नबल किशोर कबरा , विराटनगर जुनियर जेसिजका सस्थापक अध्यक्ष डा.सन्देश दास श्रेष्ठ लगायतले पुरस्कार ट्रफी तथा प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथम हुने सगरमाथाले नगद पुरस्कार सहित सिल्ड मेडल प्रमाणपत्र सहित गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने दोश्रो हुने एभरेस्ट स्कुलले नगद पुरस्कार सहित मेडल प्रमाणपत्र र गिफ्ट ह्यामपर प्राप्त गरेको छ भने तेस्रो हुने मोडर्न एरा र बाल कल्याण बिध्या मन्दिरले पनि नगद पुरस्कार मेडल प्रमाणपत्र र गिफट ह्याम्पर प्राप्त गरेको छ ।

एउटै आयोजक र एउटै प्रायोजक रहेर बिगत २६ बर्ष देखि संचालित प्रतियोगिता विराटनगरकै प्रतिष्ठित प्रतियोगिता मा गनिन्छ । बिगतमा विराटनगर क्षेत्रका स्कुल मात्र सहभागी रह्ने प्रतियोगिता हाल आएर विराटनगर बाहिरका स्कुलको पनि सहभागिता रहन थालेको छ ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रमुख अतिथी विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्राबिधिक कारणले बिरेन्द्र सभा गृहमा हुन नसकेको कार्यक्रममा आफुले सहयोग गर्ने बाचा गरेको र विराटनगर महानगरपालिकाको हलमै कार्यक्रम गर्दा आफुलाइ खुसी महसुस भएको बताउदैँ आउँदो संस्करण सुबिधा सम्पन्न बिरेन्द्र सभा गृहमा गर्न पाउने बताउदै आगामी दिनमा पनि आफ्नो ब्यक्तिगत सहयोग रहने बताउदै शुभकामना दिनुभयो ।

क्विज मास्टर सन्देश दास श्रेष्ठले एउटा छुट्टै पहिचान बनाउन सफल प्रतियोगिता आगामी दिनमा प्रदेश स्तरिय रुपमा गर्ने गरि तयारी गर्न अनुरोध गर्दै त्यसमा आफ्नो पुर्ण साथ र समर्थन रह्ने बिचार ब्यक्त गर्नु भयो ।

कार्यक्रमका सभापती बर्ष २०२१ का अध्यक्ष जिना शर्माले कार्यक्रममा सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो भने बर्ष २०२२ का अध्यक्ष बिकल्प न्यौपानेले आगामी क्विजमा पनि सबैको सहभागिता रह्नेमा आफू आशावादी रहेको बताउदै उपस्थित सम्पुर्ण विद्यालयलाई धन्यवाद दिनु भयो ।
प्रतियोगितामा विराटनगर र विराटनगर बाहिरका गरि १८ बिधालयको सहभागीता रहेको थियो भने ३ दिन सम्म प्रतियोगिता संचालन भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्