विराटनगर । विराटनगरमा विश्व क्षयरोग दिवसको अवसरमा विविध कार्यत्र,म मनाइएको छ । स्वास्थ्य कार्यलय मोरङ प्रदेश न १ ,स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, विराटनगर महानगपालीका लगायत विभिन्न स्वास्थय संघ सस्थाहरुले विराटनगरमा बिहीबार विहान प्रभात फेरी कार्यक्रम समेत निकालेको थियो ।

विराटनगरको देवकोटादेखी निकालेको प्रभात फेरी विराटनगरको विभिन्न स्थानको पराक्रमा गरी वि प्लटमा पुगेर कोण सभा गरेको थियो ।
कोण सभा कार्यक्रममा प्रदेश एकका स्वास्थ्य मन्त्री जयराम यादवले क्षयरोग न्युनिकरणकानिम्ति सचेतना प्रभावकारी हुने बताउनुभएको छ । मन्त्री यादवले रोग लाग्नुभन्दा अघि नै यो बिषयमा प्रभावकारीरुपमा सचेतना फैल्याउन सके धेरै हदसम्म न्युनिकरण गर्न सकिने बताउनुभयो ।
उहाँले क्षयरोग रोग लागेकाहरुले पनि लुकाउनुभन्दा स्वास्थ्य संस्थामा गएर आवश्यक जाँच गराई नियमित औषधि सेवन गरे निको हुने भएकाले उपचारका निम्ति समेत समुदायलाई अभिप्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री यादवले आगामी निर्वाचनको घरदैलो कार्यक्रमको क्रममा क्षयरोग, हात्ती पाईले रोग, आमा सुरक्षा र विभिन्न खोप सहित स्वास्थ्य सुरक्षाका विषयमा सर्वसाधारण जनतालाई जानकारी गराउनुपर्ने आवश्यकताका बिषयमा समेत जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थय मन्त्रालयका सचिव अनुज भट्टचन,स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानवहादुर वस्नेत,क्षयरोग चिकित्सक डाक्टर नारायण कुमार र क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष शिवनारायण प्रधानले क्षयरोग न्युनिकरण गर्न अवलम्बन गरिनुपर्ने उपायहरुका बिषयमा बोल्नुभयो ।

सो अवसरमा क्षयरोगका बिरामीलाई फलफुल वितरण गरिनुका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । प्रदेश १ मा आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ५५९ जना क्षयरोगका विरामी पत्ता लागेको छ भने ७० प्रतिशत विरामी पत्ता लगाउन नसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले बताउनु भयो ।
प्रदेशको झापामा ९९२, मोरङमा ९६८ र सुनसरीमा ८८९ क्षयरोगका विरामी पत्ता लागेका छन भने तेह्रथुम जिल्लामा सवैभन्दा कम २१ जना विरामी फेला परेको जनाइएको छ । विराटनगर महानगरपालिकामा ३ सय जना क्षयरोगी रहेको जनाइएको छ ।
