विराटनगरको आर के सिटी सेन्टरमा ६५ रुपैयाँमा नै चिनी, निः शुल्क स्वीमिङ

विराटनगरको आर के सिटी सेन्टरमा ६५ रुपैयाँमा नै चिनी, निः शुल्क स्वीमिङ

विराटनगर । विराटनगर हाटखोलास्थित आरके सिटी सेन्टरले ‘समर अफर’अन्तर्गत विभिन्न खाद्यवस्तु र लत्ताकपडामा विशेष छुटको योजना ल्याएको छ ।

त्यति मात्र हैन छुट योजना अनुसार आरके सिटी सेन्टरमा प्रतिकेजी ६५ रुपैयाँमा चिनी र अब आउने शुक्रबार सम्म निशुल्क स्वीमिङ खेल्ने व्यवस्था गरेको छ ।

आरके सिटी सेन्टरका व्यवस्थापक तथा स्काई लाउन्जका मेनेजर संजीव गजमेरका अनुसार अहिले बजारमा ७४ देखि ८० रुपैयाँ सम्म प्रतिकेजी चिनी विक्री वितरण हुने गरेको छ तर आर के सिटी सेन्टरले ६५ रुपैयमा नै चिनि उपलब्ध गराउने गरेको छ । ‘हामीले समर अफर योजना अनुसार आरके सिटी सेन्टरमा सपिङ्ग गर्न आउने ग्राहक महानुभावहरूलाई १० देखी ५० प्रतिशत सम्म विभिन्न सामान खरिदमा छुटको व्यावस्था समेत प्रदान गरेका छौँ ।

यसैबीच आर के सिटी सेन्टरको विभिन्न फ्लोवरहरुमा नयाँ नयाँ आईटमका सामाग्री ल्याएको आर के सिटी सेन्टरले जनाएको छ । विशेष गरी आर के सिटी सेन्टरको पहिलो तलमा रहेको होम डेकोरमा गुडियादेखी बच्चाहरुको लागी खेलौनाका नयाँ नयाँ आईटम सस्तो मुल्यमा पाईने सिटी सेन्टरले जनाएको छ ।

यसैविच सिटी सेन्टरको दोस्रो तल्लामा भर्खरै मात्र गार्मेटहरुबाट ल्याएका नयाँ नयाँ डिजाईनका कपडाहरु समेत रहेको सिटी सेन्टरको प्रतिनिधीहरुले बताएका छन् ।

यसैबीच आर के सिटी सेन्टरको माथिल्लो तलामा रहेको स्काई लाउन्ज एण्ड बारसंगै रहेको स्वीमिङ पुलमा आउदो शुक्रबार सम्म निशुल्क स्वीमिङ खेल्ने व्यावस्था रहेको आर के सिटी सेन्टरले जनाएको छ ।

सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्री सहित इलेक्ट्रोनिक्स, लताकपडा लगायत अन्य सामाग्री खरिद गर्न आउने उपभोक्तालाई विशेष समर अफर दिएको आरके सिटी सेन्टरले जनाएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न ७ तले भवनमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, जुम्बा लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विश्वप्रख्यात ब्रान्डहरुको आउटलेटहरु समेत राखिएको छ । आरके सिटी सेन्टरमा एक्सक्लुसिभ हाइ इन्ड आर्टिफिसियल ज्वेलरीका लागि “ जेम्स ग्यालोर “ जस्ता ब्राण्डहरुको आदा दर्जन बढी आउटलेटहरु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्