विराटनगरका दुई स्थानमा वाईफाई सेवा

<span class='c1'>विराटनगरका दुई स्थानमा</span> <span class='c2'>वाईफाई सेवा</span>

विराटनगर । विराटनगरका महानगरपालिका भित्रका दुई स्थानमा वाईफाई सेवा सुरु गरिएको छ । नागरिकलाई प्रविधिमा पहँुच बढाउने उद्देश्य रहेको भन्दै विराटनगरका मेयर भीम पराजुलीले निःशुल्क वाईफाई सेवा सुरु गरेका हुन् ।

विराटनगरमा महानगरपालिकाको लगानीमा नागरिकहरुको अत्याधिक भेला एवं जमघट हुने वडा नं १५ मस्जिद अगाडि र १६ को भट्टीमोड चोकमा वाईफाई सेवा जडान गरिएको छ । महानगरपालिका अन्तर्गत वडा नं १५ का अध्यक्ष असलम आलम र १६ मनोज सुब्बाको उपस्थितिमा मेयर पराजुलीले कार्यकाल सकिन लाग्दा वाईफाई सेवा उद्घाटन गरेका छन् ।

उक्त स्थानमा रहेको निःशुल्क वाइफाईले नागरिकलाई २४ घण्टा अनलिमिडेट प्रयोग गर्ने सक्ने सुविधा उपलव्ध गराइएको दावी छ। महानगरले यस अघि ५० स्थानमा वाइफाई सञ्चालनमा ल्याइ सकेको दावी छ । आगामी एक हप्ता भित्र थप ५० स्थानमा स्थापना गरिने बताइएको छ ।

विराटनगरमा विकास नभएको भन्दै आलोचना बढ्दै गएपछि मेयर पराजुलीले अहिले विभिन्न काममा पहल लिएका छन् । महानगरले विराटनगरको दुई क्षेत्रमा सिसिएस (विद्युतीय सवारी साधन) चार्जिङ्ग स्टेशन जडान गर्ने समेत दावी गरिएको छ । महानगरपालिकाको सहयोगमा नेपाल विद्युत प्राधिकरणको चार्जिङ्ग स्टेशन प्रोजेक्ट अन्तर्गत हाललाई विराटनगरको राजवंशी चोक र बसपार्कमा स्टेशन राखिने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्