विराटनगर । विराटनगर महानगरपालिकामा क्षेत्रको सर्वेक्षण तथा घर नम्बरिङ्गको लागि ड्रोनको प्रयोग गरिएको छ । तीनदिन अगाडीदेखि महानगरभित्रका घरको विवरण संकलन भईरहेको दावी गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले गत बिहीबार उक्त कार्य शुभारम्भ गरेका थिए ।
डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिष्टम ‘जिपिएस’द्वारा नगरका घरको विवरणर सङ्कलन गरिने बताएका थिए । घर जग्गाको डिजिटल तस्वीरबाट नाप, नक्सा लिन सकिने दावी गरिएको छ ।
यसका लागि महानगरले रू.१७ लाख लगानी गरेको छ । आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुईवटा ड्रोेनबाट नाप, नक्सा सङ्कलन दावी गरिएको छ । ड्रोनको माध्यमबाट सङ्कलन गरिने विवरण गुगलमार्फत अन्तराष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ ।