विराटनगर मिल्स गोल्डकप : दमक एकाडेमी सेमिफाइनलमा

विराटनगर मिल्स गोल्डकप : दमक एकाडेमी सेमिफाइनलमा

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि ट्राइब्रेकरसम्म संघर्ष गर्नुप¥यो । निर्धारित समयमा दुवै टिमले बराबरी खेले । टाइब्रेकरमा दमकका सोहन सिन्थाङ्ग, दिपक थापा मगर, रमन राई र ओम प्रकाश तामाङले गोल गरे । धरानका राहुल लिम्बु, माल्दिना आङथाक र सबिनाय कटुवालले मात्र गोल गरेका थिए । रितेस थापा मगर र सेवन थापा मगरको प्रहार दमकका गोलकिप आयूष लिम्बूले उत्कृष्ट बचाउँ गरिदिए । ट्राइब्रेकरमा दुवै गोल सेभ गर्ने दमकका गोलकिपर आयूष म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे ।

खेलको २७ औं मिनेटमा दमकका राहुल लिम्बूले मध्यभागबाट एक्लै बल अगाडि बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भयो । दमकलले अग्रता लिएको ८ मिनेट पनि बित्न नपाउँदै धरानका सोहन सिन्ताङले ३५ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । दमकका डिफेन्डर रोसन धिमालले हेडमार्फत बल किपर आयुष लिम्बूलाइ दिएका थिए । तर किपरको हातबाट बल फुत्कियो । उक्त बललाई सोहनलेले गोलमा परिणत गरी खेल बराबरीमा ल्याएको हो ।

पावर गेम खेलेका दुवै टिमले गोल गर्ने थुप्रै राम्रा अवसर गुमाए । खेलको २५ औं मिनेटमा दमकका किस्मत लिम्बुले मध्यभागबाट एक्लै अगाडि बढाएको बललाई सबै डिफेन्डर बिट भइसकेको अवस्थामा पनि पोस्टमा प्रहार गर्न सकेन । ३० औं मिनेटमा धरानका सोहन सिन्ताङ्गले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो । ४७ औं मिनेटमा दमकका मल्दीना आङथापुले दोस्रो बार च्यापेर गरेको प्रहार बाहिरियो । ५९ औं मिनेटमा दमकका आयूष श्रेष्ठे डिबक्स भित्रबाट किपरलाई बिट मार्दै गरेको उत्कृष्ट प्रहार पोसमाथिबाट गएको थियो । ६० औं मिनेटमा धरानका रोनिक राज म्याङबोको सशक्त प्रहार दमकका गोलकिपर आयूष लिम्बुले उत्कृष्ट सेभ गरिदिए ।

आइतबारको खेल गाइघाट एघार उदयपुर र साइनो स्पोर्टस क्बल विराटनगर रानीबिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्