नेकपा एमाले वडा १० को पार्टी कार्यलयको उद्धघाटनसंगै खुला रक्तदान कार्यक्रम

नेकपा एमाले वडा १० को पार्टी कार्यलयको उद्धघाटनसंगै खुला रक्तदान कार्यक्रम

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) वडा नम्बर १० को सम्पर्क पार्टी कार्यलय शनिबार एक कार्यक्रम बिच संंचालनमा ल्याइएको छ ।

आगामी बैसाख ३० गतेलाई लक्षित गरी नेकपा एमाले वाड नम्बर १० ले आफ्नो सम्पर्क पार्टी कार्यलय विराटनगर १० स्थित पिपल चौकमा संचालनमा ल्याएको हो ।

वडा नम्बर १० को सम्र्पक पार्टी कार्यालय नेकपा एमालेका केन्द्रिस सदस्य तथा पुर्व सामाजिक विकास मन्त्री जिवन घिमिरेले उद्धघाटन गरेका थिए ।

नेकपा एमाले वडा नम्बर १० ले पार्टी कार्यालयको उद्धघाटनसंगै खुल्ला रक्तदान समेत गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरिएको नेकपा एमाले वडा नम्बर १० का सचिव शैलेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ऋषिकेष पोखरेल , उपाध्यक्ष बाबुराम कार्की, महानगर कमिटि अध्यक्ष सागर थापा, नेकपा एमाले १ नं. प्रदेश कमिटी सदस्य महेश भट्टराई ,मनोज अग्रवाल, विमला घिमिरे , महानगरपालिका सचिवलय सदस्य सिएम श्रेष्ठ , वडा सदस्य लोकनाथ अधिकारी लगायतको उपस्थित रहेको सचिव घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्