विराटनगरमा चैत १८–२६ गतेसम्म हुने ट्रेड एक्स्पोमा २६७ स्टल बुकिङ

विराटनगरमा चैत १८–२६ गतेसम्म हुने ट्रेड एक्स्पोमा २६७ स्टल बुकिङ

विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ का लागि शतप्रतिशत स्टल बुकिङ भएका छन् । विशेष आकर्षणसहित आयोजना हुन लागेको अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा रहने २७० स्टलमध्ये एकहप्ता अगाडी नै २६७ स्टल बुकिङ भईसकेको हो ।

मेला आयोजक समितिका संयोजक एवं व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीका अनुसार अहिले मेलास्थलमा स्टल, सेल्फी जोन, बन्जी जम्पिङ्गको लागि आवश्यक संरचना तयार पार्ने काम धमाधम भईरहेको छ । शुभारम्भ हुने दिनसम्ममा मेलास्थलका सबै स्टलहरु प्याक भईसक्ने छन्, संयोजन बेगवानीले भन्नुभयो–धेरैपछि आयोजना हुन लागेको मेलामा विशेष आकर्षणहरु रहने भएकाले स्टलहरु समयमै बुकिङ भईसकेका छन् ।

मेलास्थलमा ८० स्टल एसीडोम सुविधासहितका हुनेछन् । बाँकी कुलर सुविधा भएका स्टल, नर्मल, खाद्यन्न स्टल र अटोका स्टलहरु रहनेछन् । मेला आयोजक समितिले क्षेत्रगत रुपमा तयार पारेको ढाँचाका आधारमा सबै क्षेत्रका स्टलहरु बुकिङ भएका हुन् । तीन करोड लागत अनुमान गरिएको मेलाबाट ४० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । मेलामा दुईलाख अवलोकनर्ता भित्रने अपेक्षा गरिएको छ ।

आयोजकले मेलास्थलमा लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको आकर्षण थपेको छ । सेल्फी जोनको सुविधा समेत मेलास्थलमा राखिएको छ । मेलामा साहसिक खेलको आनन्दका लागि जिप लाइन, रिभर्स बन्जी, जिप साइक्लिनिङ्गको सुविधा उपलब्ध हुनेछन् ।
संघले विगतमा कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला–२०५७, विराट महोत्सव–२०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०७५ आयोजना गरेको थियो । विगतका अनुभवबाट सिक्दै यस पटक मोरङ व्यापार संघ ट्रेड एक्स्पोको नामबाट नयाँ आकर्षण र उच्च कारोबार गर्ने लक्ष्य राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्