विराटनगर । बरिष्ठ संस्कृतिकर्मी स्वर्गिय चर्तुभुज आशावादीको ७८ औं जन्मजयन्तिको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ ।
सो अवसरमा कलासंस्कृति,पत्रकारिता तथा साहित्यको क्षेत्रमा समर्पित ब्यक्तीत्वहरुलाई सम्मान गर्नुका साथै जातिय सांस्कृतिक नृत्यहरुको प्रर्दशन गरिएको छ।भानु कला केन्द्रले आयोजना गरेको कार्यक्रमकाबीच विभिन्न क्षेक्रमा योगदान पुर्याउने ९ जनालाई सम्मान गरिएको हो । कार्यक्रमकाबीच साहित्यकार डा.सतिश चन्द्र शर्मा,सुमन पोखरेल र करुणा झालाई भानु पदकबाट सम्मान गरिएको थियो । यस्तै राधिका गुरागाई लाई भानु साहित्य सम्मान, पत्रकार बेदराज पौडेललाई भानु पत्रकारिता सम्मान, संगित तथा नाट्यको क्षेत्रबाट बिरबहादुर गुरुङलाई आशाबादी सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै साहित्यकार ज्ञानप्रकाश उपाध्याय,बरिष्ठ समाजसेवी मिलन राई र कवि लक्ष्मण नेवटियालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद अमनलाल मोदी तथा भानु कला केन्द्रकी अध्यक्ष माया पौडेलले उहाँहरुलाई सम्मान अर्पण गर्नुभयो ।
लगायतले आ–आफ्ना धर्मसंस्कृति अनुसारको मौलिक परिहन,भेषामा मौलिक नृत्य प्रस्तुत गरेका थिए ।


सो अवसरमा नेपाल तामाङ घेदुङले सेलो नृत्य , मुस्लिम समुदायको कुरान तिलवान वाचन , विराट राजवंशी समाजको मौलिक नृत्य , किराँत याक्थुङ चुम्लुङले च्याब्रुङ, राईहरुको साकेला सिली , नेवारी भाषा संस्कृति परिवार, किराँत याक्खा छुम्मा महानगर कमिटिले विराटनगरमा पहिलो पटक टोडेनी नाच समेत प्रस्तुत गरेको थियो ।