वर्ल्डलिङ्कको रिफर अफर : रिफर गर्ने र पाउने दुवैलाई फाईदा

वर्ल्डलिङ्कको रिफर अफर : रिफर गर्ने र पाउने दुवैलाई फाईदा

विराटनगर । नेपालकै ठुलो तथा लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्ना ग्राहकहरुका लागि आकर्षक सुविधा सहितको रिफर अफर ल्याएको छ ।

वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवै पक्षलाई आकर्षक लाभ पुग्ने गरि कम्पनीले यस्तो अफर ल्याएको हो । यस अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोगकर्ताहरुले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाई तथा आफन्तलाई रिफर गरेपछि दुवैले नेटटिभी सहित १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् । तर, यसका लागि नयाँ ग्राहकले कम्तीमा ३ महिना वा १ वर्षको इन्टरनेट प्याकेज लिनुपर्ने हुन्छ । यो सुविधा वर्ल्डलिङ्कले उपलब्ध गराईरहेको सबै इन्टरनेट प्याकेजमा लागु हुने जनाईएको छ । कम्पनीका अनुसार ३ जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले ३ महिनाको इन्टरनेटसँगै फाईभ जी सहितको डुअल ब्याण्डमा निःशुल्क अपग्रेड हुन पाउने छन् । त्यस्तै, ५ जनालाई रिफर गर्दा ५ महिनाको इन्टरनेटसँगै कम्पनीको मेस वाईफाई बिकन १/१ समेत निःशुल्क रुपमा उपलब्ध गराईने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसपटकको रिफर अफर यसअघि भन्दा अझ आकर्षक रुपमा तयार पारेको छ । यसपटकको अफरमा ग्राहकलाई झन्झटिलो र दुविधा हुने किसिमको कुनैपनि अतिरिक्त शर्तहरू राखिएका छैनन् । वर्ल्डलिङ्क प्रयोगकर्ताहरुले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा प्लेस्टोरमा उपलब्ध माई वल्र्डलिंक एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ ।

नेपालभरि ६ लाखभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिङ्कले हाल भने १५०, २२५, ३०० र ६०० एमबिपिएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्