नयाँ वर्षको अवसरमा वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो हालसम्मै उच्च गतिको इन्टरनेट प्याकेज

नयाँ वर्षको अवसरमा वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो हालसम्मै उच्च गतिको इन्टरनेट प्याकेज

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्नो नयाँ वर्ष लक्षित उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

वर्ल्डलिङ्कले नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा हालसम्म उपलब्ध सबैभन्दा उच्च गतिको १ जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । यो सँगै वर्ल्डलिङ्क कम्युनिकेशनले आफ्नो इन्टरनेट स्पिडको प्याकेज न्युनतम २०० र अधिकतम १००० एमबिपिएस पुर्‍याएको छ ।

कम्पनीले यसअघि १५० एमबीपीएस रहेको आफ्नो न्यूनतम स्पिडको इन्टरनेट प्याकेजमा ५० एमबीपीएस थप गरेको हो । वर्ल्डलिङ्क फोटोन लाइट नामाकरण गरिएको यो प्याकेज लिने ग्राहकले एउटा नेट टिभी सहित १४ हजारभन्दा बढी स्थानमा रहेको वर्ल्डलिङ्क फ्रि वाईफाई निःशुल्क प्रयोग गर्न पाउने छन् । साथै कम्पनीले प्राविधिक समस्या आउँदा २ घण्टाभित्र सर्भिस दिने र दिन नसके २ दिन कम्पन्सेसन दिने पनि बताएको छ ।

वर्ल्डलिङ्कका अनुसार १ जिबिपिएसको प्याकेज भने प्रविधिसँगै आफुलाई अद्यावधिक राख्नुका साथै प्रोग्रामिङ, भिडियोग्राफी र अनलाईन स्ट्रिमिङ लगायतका कार्यका लागि उपयुक्त हुने जनाईएको छ । कम्पनीले १ जीबीपीएस गतिको इन्टरनेट प्याकेजका लागि भ्याट बाहेकको मूल्य एक वर्षको रु. ३९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्