तरहरा–तिनकुने सडकखण्डमा दुर्घटनाको जोखिम उच्च

तरहरा–तिनकुने सडकखण्डमा दुर्घटनाको जोखिम उच्च

विराटनगर । तरहराको पानीपियादेखि धरानको तिनकुनेसम्म जारी अव्यवस्थित सडक विस्तार कार्यका कारण सो सडकखण्डमा सवारी दुर्घटनाको जोखिम उच्च भएको छ ।

अव्यवस्थित रुपमा जारी ६ लेन सडकखण्ड विस्तार कार्यका कारण सो सडकखण्डमा दुर्घटनाको जोखिम बढेको हो । पछिल्लो महिना दिनयता सो सडकखण्डमा १८ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा परि ३ जना गम्भीर घाईते र १६ जना सामान्य घाईते भएका छन् । अव्यवस्थित निमार्ण कार्यका कारण भएको दुर्घटनामा परि १ जनाको ज्यान समेत गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सडकलाई स्तरोन्नति र फराकिलो पार्न जताततै खाल्डो खनेर छोडिदिँदा सो सडकखण्डमा अचेल दिनहुँ झैं सवारीहरु दुर्घटनामा पर्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका भन्छन्, ‘जङ्गलको बाटोमा बाईक चलाउन निकै गाह्रो छ, धुलोले मान्छे नै नचिनिने बनाउँछ । बाटो नदेखिँदा दिनहुँ दुर्घटना हुन्छ ।’

फराकिलो सडक बनाउनका लागि खनिएको सडक अति अव्यवस्थित भएकोले जङ्गलको बाटो दुर्घटनाको उच्च जोखिममा रहेको छ । सवारीसाधन सञ्चालनका निम्त्ति सडकमा एकतर्फी बाटो समेत छोडिएको छैन् । स्थानीयका भन्छन्, ‘जङ्गलको बाटो भएकाले कसैले ध्यान दिँदैनन् । नियामक निकायमा गुनासो गर्दैनन् । यसले गर्दा ठेकेदार कम्पनीको पनि मनपरी भएको छ ।’

रानी–धरान सडक विस्तार आयोजनाले हाल धरान–तरहरा चारकोसे जङ्गल क्षेत्रको कुल ९ किलोमिटर क्षेत्रमा ६ लेनको सडक विस्तारको कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्