आरती स्ट्रिप्स सञ्चालक भागाभाग : भारतमा पक्राउ पर्ने डर, लुक्न विराटनगरमा

आरती स्ट्रिप्स सञ्चालक भागाभाग : भारतमा पक्राउ पर्ने डर, लुक्न विराटनगरमा

विराटनगर । भारतमा भुषण पावर एण्ड स्टिल लिमिटेड (बिपिएसएल) टाट पल्टिएसँगै त्यसको विङ्स, मोरङको बुढीगंगामा रहेको आरती स्ट्रिप्सका सञ्चालक धमाधम पक्राउ पर्न थालेका छन् । गम्भीर ठगी अनुसन्धान कार्यालय (एफएफआईओ)ले विपिएसएल पूर्व उपाध्यक्ष आरती सिंघललाई पक्राउ गरेसँगै बाँकी सञ्चालक भने भागेर विराटनगर आएका हुन् ।

आरती स्ट्रिप्सका प्रवद्र्धक संजय सिंघलकी धर्मपत्नी आरती सिंघल भारतमा पक्राउ परिसकेकी छिन् । उनीसँगै नेपालका लागि डाइरेक्टर तोकिएका अनिकेत शर्मा र अरुण अग्रवाल समेत पक्राउ परिसकेका छन् । आरती भुषण पावरको पूर्व उपाध्यक्ष हुन् ।
ठगी विरोधी अनुसन्धान कार्यालयले संस्थागत सुशासन सम्बन्धी मुद्दाहरुको लागि पक्राउ पुर्जी जारी गरिसकेका एचसी बर्मा भागेर नेपाल छिरेका छन् । उनी विरुद्ध भारतमा ‘लुक आउट नोटिस’ जारी भएपछि अहिले आरती स्ट्रिप्समा आएर बसेको दावी गरिन्छ । उनी पनि सञ्चालकमध्येका एक मानिन्छन् ।

भारतको केन्द्रीय बैंक डुबाएसँगै त्यहाँ टाट पल्टेकको कम्पनीको रुपमा भुषण पावर रहेको छ । बहुराष्ट्रिय कम्पनीले नेपालमा भुषणकै विङ्सको रुपमा आरती स्ट्रिप्स सञ्चालन गर्दै आएको थियो । पाँचवर्ष अगाडीसम्म भुषण पावर उपाध्यक्ष आरती सिंघलकै हस्ताक्षरका बैंक एकाउन्टहरु नेपालमा चल्थे ।
तर, एकाएक भुषण टाट पल्टेपछि नेपालको समेत सम्पति जफत हुने भयले आरतीका सञ्चालक समेत फेरिएका थिए । जसमा नेपालको प्रशासनिक संयन्त्रको समेत मिलेमतो भएको दावी छ । त्यसपछि अहिले आरती स्ट्रिप्स अश्विनि शर्मा र बिशाल गुप्ताको सञ्चालनमा रहेको छ । सिंघल परिवारले मासिक रकम तलवको रुपमा बुझ्न बाहेक उनीहरुको चेक अथोरिटी समेत छैन ।

आरती स्ट्रिप्सको तत्कालिन नौ अर्बको मुल्यांकनसहित अश्विनी शर्मा र बिशाल गुप्ता सञ्चालकको रुपमा आउँदा नेपालले पाउनु पर्ने लाभांश कर वापतको रकम छली भएको थियो । त्यसपछि आरतीका प्रवद्र्धक मात्रै रहेका सन्जय सिंघलले त्यहाँ भित्र चारवटा कम्पनी खडा गरेका छन् । ती सबै कम्पनी समेत सिंघलका आफन्त तर आरतीका कर्मचारीको नाममा रहेका छन् । कम्पनीसँगै फर्जी बैंक एकाउन्ट समेत सञ्चालनमा रहेको बताइन्छ । जुन बैंक एकाउन्टमा नेपालमा आरती स्ट्रिप्सले गरेको कारोबारको मुनाफा वापतको रकम जम्मा गरिदैं आएको एक कर्मचारीको दावी छ ।

आरती स्ट्रिप्सले एएसएल इन्भेष्टमेन्ट, बिआईसी इन्भेष्टमेन्ट, बीएसएन इन्भेष्टमेन्ट र आधुनिक इन्भेष्टमेन्ट कम्पनी सञ्चालन गरेको छ । उद्योगमा कर्मचारी नरहेपनि पुजा गुप्ता, सिला देभी, रिता सिंग र संगीता शर्माको नाममा फर्जी खाता सञ्चालन गर्दै आएको आरोप छ । भारतमा समेत कम्पनी खडा गरेर रकमको चलखेल गरिरहेको आरोप लागेको छ ।
त्यति मात्रै नभई सञ्चालकबाट प्रवद्र्धक भएका संजय सिंघल र आरती सिंघलका छोरा अनिकेत सिंघलको नाममा मासिक २० लाख रुपिँया तलव वापतको रकम जम्मा हुने गरेको दावी छ । उनी आरतीका सञ्चालक हैनन् ।

मुख्य सञ्चालकहरुमाथि एसएफआइओ, बीपीएसएल, केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआइ) र प्रवर्तन डिर जस्ता निकायले छानविन गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख छन् । श्रीमती पक्राउसँगै संजय समेत नेपाल छिरिसकेको बताइन्छ । उनले नेपालमा सञ्चालित उद्योगलाई समेत टाट पल्टाउने मनसायले अहिले उत्पादन कटौती गर्दै कर छलेर आर्जन गरेको र मुनाफा आर्जन गरेको रकम विभिन्न कम्पनी र एकाउन्टमा जम्मा गराउँदै आएको बताइन्छ । सञ्चालक रहेका अश्विनी र बिशालमाथि समेत पछिल्लो समय बारम्बार टर्चर दिदैं उनीहरुलाई काबुमा पार्ने योजनामा सिंघल देखिएका छन् ।
यस अगाडी भारतीय बजारमा मार्केटिङ हेर्ने इन्द्रजीत गर्ग, आरतीका निर्देशक संजीव शर्मा, अर्का नागेश्वर गुप्तासहित नेपालकै कर्मचारीमाथि समेत उनले आक्रमण गरिसकेका छन् । पुराना र जानकार रहेका कर्मचारीलाई आक्रमण गरेर हट्न बाध्य पारेपछि उद्योगलाई टाट पल्टाउने मनसाय राखेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्