विराटनगर एभरेष्ट कलेजको स्वीमिङ पुल उद्घाटन

विराटनगर एभरेष्ट कलेजको स्वीमिङ पुल उद्घाटन

विराटनगर । विराटनगर-५ मा रहेको एभरेष्ट कलेजले निर्माण गरेका स्वीमिङ पुलको उद्घाटन गरेको छ ।

प्याब्सनका निर्वमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापन प्रिन्सिपल टिकाराम पुरीले आज एक कार्यक्रमविच रिवन काटेर स्वीमिङ पुलको उद्घाटन गरे । कलेजमा रहेको दुईवटा स्वीमिङ पुल मध्ये एउटा स्वीमिङ पुल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको प्रिन्सिपल पुरीले बताए । अर्को भने बच्चाहरुको अनुकुल अनुसार निर्माण गरिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डको भने १५ बाइ २५ को रहेको छ भने बच्चाले खेल्लने स्वीमिङ पुल भने १५ बाई १२ को रहेको छ ।

स्वीमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुम लगायत गेष्ट हाउस निर्माण गर्न करिव रू.२ करोड ५० लाख खर्च भएको प्रिन्सिपल पुरीले बताए । स्वीमिङ पुल बनेपछि विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरकाे प्रतियोगिता गर्न उपयोगि हुने प्रिन्सिपल पुरीले बताए । स्वीमिङ पुलमा एक पटकमा ८ जनाले प्रतिस्पर्धी गर्न सकिने कलेजले जनाएको छ ।

कलेजमा स्वीमिङ पुलबाहेक अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बास्केट बल कोर्ट, इन्दोर कवर्ड हल र फुटबल मैदान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्