विराटनगरको ग्यालेक्सी बोर्डिङको परीक्षा केन्द्रबारे अन्यौल

विराटनगरको ग्यालेक्सी बोर्डिङको परीक्षा केन्द्रबारे अन्यौल

विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विराटनगरमा तोकेको एक परीक्षा केन्द्रसँग परीक्षार्थी झुक्किने गरेका छन् ।

विराटनगर बरगाछी पूर्व रहेको ग्यालेक्सी सेकेन्डरी इङ्लिस स्कुलको परीक्षा केन्द्र तोकिएको छ । तर, उक्त स्कुलको बारेमा परीक्षार्थीले थाहा नपाउँदा समस्यामा परेका हुन् । आयोगले परीक्षा तय गरेको उक्त परीक्षा केन्द्रको नाम अहिले कोशी मल्टिपल कलेजमा रुपान्तरण भएको छ । बरगाछी–तीनपैनी जोड्ने सडकमा उक्त क्याम्पस छ । बरगाछीबाट १५० मिटर पूर्व दक्षिणमा कोसी क्याम्पस रहेको छ, उक्त स्थान ग्यालेक्सी सेकेन्डरी बोर्डिङ स्कूलको पुरानो भवन हो ।

ग्यालेक्सी र कोशीबीच भएको समझदारी अनुसार दुवै संस्थाबीच साझेदारी सञ्चालन रहेको छ । प्रिन्सिपल अशोक लामाले ग्यालेक्सी परीक्षा केन्द्र रहेका परीक्षार्थीले कोशी कलेज सम्झेर आउनुपर्ने बताउनुभयो । उहाँले परीक्षा केन्द्रको नाम राख्दा नै कोशी कलेज राखिदिन आग्रह गरेपनि त्यसबेला नमान्दा अहिले परीक्षार्थी झन्झटमा परेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्