विराटनगरमा हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र

विराटनगरमा हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र पारिएको छ ।

आउँदो चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको तयारी तीव्र पारिएको हो । हालसम्म एक्स्पोको ८० प्रतिशत कार्यहरु सम्पन्न भईसकेको आयोजक समितिले जनाएको छ । समितिका अनुसार बाँकी २० प्रतिशत कार्यहरु पनि बिहीबारसम्म सम्पन्न भईसक्नेछन् । हाल स्टल तथा प्रर्दशनी केन्द्र, स्टेज, सेल्फी जोन र बन्जी जम्पिङका लागि आवश्यक संरचना लगायतका निर्माण कार्यहरुलाई तीव्रता प्रदान गरिएको छ । धेरैपछि आयोजना हुन लागेको मेलामा विशेष आकर्षणहरु रहने भएकाले स्टलहरु समेत समयमै बुकिङ भईसकेको जनाईएको छ । एक्स्पो स्थलमा एसीडोम सुविधा सहितका ८० वटा स्टलहरु रहने जानकारी दिईएको छ । यसपटकको एक्स्पो विगतका वर्षहरुभन्दा फरक र आकर्षक हुने मेला आयोजक समितिका संयोजक विकास बेगबानीले बताउनुभयो ।

यसपटकको एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेल मन पराउनेहरुका लागि जीप लाइन, रिभर्स बन्जी र जिप साइक्लिनिङ्गको प्रबन्ध पनि मिलाईएको छ । कुल ९ दिन चल्ने एक्स्पोमा नेपाल सँगसँगै भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरण हुनेछन् । एक्स्पोमा कृषि, पर्यटन, सुचना प्रविद्यि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने जनाईएको छ । एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधि प्रर्वद्धन, व्यावसायिक उत्पादनमा जोड, उत्पादक तथा उपभोक्ता बिच सम्बन्ध विस्तार र पर्यटन प्रर्वद्धन तथा लगानी मैत्री वातावरणमा सहयोग पुग्ने अपेक्षा गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताउनुभयो ।

संघले विगतमा कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला–२०५७, विराट महोत्सव–२०६२ र २०७० तथा विराट ट्रेड एक्स्पो–२०७५ आयोजना गरिसकेको छ । विगतका अनुभवबाट सिक्दै यसपटक व्यापार संघले फरक ढंगबाट एक्स्पोको आयोजना गर्दैछ । स्वदेशी र विदेशी उत्पादन समेटने गरि कुल २७० स्टलहरु रहने एक्स्पो २ लाख उपभोक्ताहरुले अवलोकन गर्ने व्यापार संघले जनाएको छ । ३ करोड लागत अनुमान गरिएको एक्स्पोबाट भने ४० करोडको बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्