विराटनगरमा चारजना वडा अध्यक्ष महिला बनाउन माग

विराटनगरमा चारजना वडा अध्यक्ष महिला बनाउन माग

विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगरले कम्तिमा चार वडाध्यक्षको उमेद्वार महिला बनाउन माग गरेको छ । अनेमसंघ विराटनगरले मंगलबार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा संघकी अध्यक्ष शिल्पा निराला कार्कीले महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउन चारदेखि ६ वटा वडाको अध्यक्षमा महिला उमेद्वार बनाउन माग गरेकी हुन् ।

उनले वडाध्यक्ष पनि महिला बनाउन सकेमात्रै ३३ प्रतिशत सहभागिताले सार्थकता पाउने बताइन् । कार्यक्रममा बोल्दै एमाले महानगर अध्यक्ष सागर थापाले एमाले महानगर कमिटीले महिलाहरुको सहभागिता ३३ प्रतिशत मात्र नभइ बराबार बनाउन चाहेको बताए । उनले यसका लागि तयार हुन समेत महिला नेत्रीहरुलाई आग्रह गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेले महिलाहरुको अधिकार स्थापित गराउन एमाले सधै अग्रपङ्तिमा रहेको भन्दै एमालेकै कारण महिलाहरुलाई आरक्षण प्राप्त भएको बताइन् । निर्वाचन लक्षित प्रशिक्षण दिँदै उनले सबैको क्षमताको उचित मुल्यांकन गर्दै पार्टीले उचित जिम्मेवारी दिने बताइन् । उनले सबैलाई एकै पटक अवसर दिन नसकिने भएका कारण पालैपालो अवसर पाउने भन्दै उनले नआत्तिन समेत आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज विनोद ढकालले एमाले नेतृत्वको सरकारले गरेका कामको मूल्यांकन जनताले गरिरहेको र त्यही आधारमा जनताले एमालेलाई पहिलो पार्टी बनाउने दावी गरे । उनले महानगरमा एमालेको नेतृत्व स्थापित भएमात्रै संम्वृद्ध विराटनगर हुने भन्दै कार्यकर्ताहरुलाई निर्वाचनको अभियानमा सहभागी हुन आग्रह गरे । सहभागीहरुलाई एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव रुपेश खतिवडा लगायतकाले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्