हिमालय दर्शन कलेज विद्यार्थीलाई सौराहामा अभिमुखिकरण

हिमालय दर्शन कलेज विद्यार्थीलाई सौराहामा अभिमुखिकरण

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

हिमालयन दर्शन कलेजले विद्यार्थीहरुलाई चितवनको सौराहामा रहेको रोयल सफारी होटलमा चैत्र ११ र १२ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियोे ।

कलेजले आफ्नै आई टी कम्पनी सुरु गर्न कोड हिमालय आई टी कम्पनीसँग इग् हस्ताक्षर गरेको छ ।

होटल मेरियट काठमाडौँका लर्निङ एण्ड डेभलपमेन्ट एण्ड मन्टी प्रोपर्टी डाईरेक्टर तथा मोटीभेष्नल स्पीकर रुपेश श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेणा तालिम तथा लिडरसिप डेभलपमेन्टको तालिम दिनुभएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट पेपर प्रेजेन्टेशन गर्ने प्रथम द्वितीय तृतीय विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमशः १५ हजार १० हाजर र , ५ हजार वितरण गरेको थियो ।

कोड हिमालय आई टी कम्पनीका सिईओ स्मरण दवाडीद्वारा आई टीको सम्भाव्यता तथा बजार विषयमा अभिमुखिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा चर्चित युवा हास्य कलाकार आदर्श मिश्रको वेजोडको हास्य प्रस्तुति रहेको थियो ।

विद्यार्थीहरुलाई जंगल सफारी, थारु संस्कृति अवलोकन तथा विभिन्न रिफ्रेसमेन्ट प्रस्तुतिहरुको अवलोकन गराईएको कजेजका प्रिन्सीपल भरत सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्