पठनपाठन र सरसफाईमा ध्यान दिन माग गर्दै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र

पठनपाठन र सरसफाईमा ध्यान दिन माग गर्दै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख समक्ष विभिन्न नौ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

क्याम्पस कमिटिका कार्यवहाक अध्यक्ष आरोग्य थापा र सह–सचिव रिजा कार्कीले पठनपाठनको वातावरण सहज बनाउन माग गर्दै क्याम्पस प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले सबै कक्षा कोठालाई प्रविधिमैत्री बनाउनुपर्ने, कक्षा कोठा नियमित सरसफाई गरिनुपर्ने, शौचालय नियमित सरसफाई गरि महिलाहरुको लागि आवश्यक डस्टबीन र स्यानेटरी प्याडको सुविधा उपलब्ध गराउनु पर्ने जस्ता माग राखिएको छ । यसैगरी खेलकुद सामाग्री, पुस्तकालयमा पुस्तक, अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गतामैत्री संरचना निर्माण, तत्काल छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, क्याम्पस आसपास क्षेत्रभन्दा बाहिरबाट आउने विद्यार्थीलाई बसको सुविधा उपलब्ध गराउनुपर्ने, बीबीएस संकायमा हुने विद्यार्थीको चापलाई मध्यनजर गर्दै पठनपाठनको व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्