विराटनगरमा भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ भव्य रुपमा सम्पन्न

विराटनगरमा भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ भव्य रुपमा सम्पन्न

विराटनगर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले विराटनगरमा आयोजना गरेको एक दिने वृहत शैक्षिक मेला भव्य रुपमा सम्पन्न भएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज ईटहरी र विराटनगर शाखाले सयुक्त रुपमा आयोजना गरेको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ सफलताका साथ सम्पन्न भएको हो ।


विराटनगर २ स्थित हेरीसन होटलमा आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थित रहेको थियो । शैक्षिक मेलामा अष्टे«लिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष रूपमा परार्मश लिएका थिए ।
विराटनगर र सुनसरीको विभिन्न कलेजहरूका पाँच सय बढी विद्यार्थीहरूले विश्व विद्यालय र कलेजको बारेमा जानकारी लिने र बुझने अवसर स्थानिय स्तरमा प्राप्त गराउन सफल भएको एक्सपर्ट एजुकेशन ईटहरीका कार्यकारी निर्देशक कमल तिम्सिनाले बताउनुभयो । शैक्षिक मेलामा चार देशका १५ वटा विश्वविद्यालय तथा कलेजहरूका प्रतिनधीहरूको सहभागि रहेको थियो । ‘विराटनगरमा आयोजना गरिएको एक्सपर्ट ग्रान्ड एजुकेशन फेयरले विद्यार्थीहरूको लागि बहुउपयोगी भएको समेत उहाले बताउनभयो ।

एउटै छानामुनि हुने शैक्षिक मेलामा विद्यार्थीहरूले विभिन्न देशको विश्वविद्यालयका प्रतिनिधीहरूसँग प्रत्यक्ष रूपमा त्यहाँको विश्विद्यालयको बारेमा जानकारी लिएका थिए ।
एक्सपर्ट एजुकेशनले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्शसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका कन्ट्री म्यानेजर विकास ज्ञावलीले बताउनुभयो ।
एक्सपर्ट एजुकेशनले विभिन्न शैक्षिक मेला ,गोष्ठी विद्यार्थीलाई विदेशमा अध्ययनका जान र बाढी , भुकम्प र कोरोका कहरको बेला विभिन्न सामाजिक दायित्व बहन गर्दै आएको समेत उहाँले बताउनुभयो ।


नेपालका प्रमुख १६ शहरमा र विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा एक्सपर्ट एजुकेशसनका शाखाहरु संचालनमा रहेको छ । एक्सपर्ट एजुकेशले विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्