इन्धन अभाव हुने भयले विराटनगरका पम्पमा सवारीको लाइन(फोटो फिचर)

इन्धन अभाव हुने भयले विराटनगरका पम्पमा सवारीको लाइन(फोटो फिचर)

विराटनगर । इन्धन बिक्री वापतको कमिसन र ढुवानी भाडा बृद्धि नगरिएको भन्दै पेट्रोलियम डिलर एशोसिएशन र पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघले आन्दोलनको घोषणा गरेसँगै विराटनगरका पम्पहरुमा इन्धन भर्नेको लाइन बढ्न थालेको छ ।

अभाव हुने भयमा रहेका उपभोक्ताले पम्पहरुमा लाइन बसेर आफ्ना सवारी साधनमा इन्धन भराउन थालेका हुन् । तर, आन्दोलन घोषणा गरेका एशोसिएन र महासंघले आन्दोलन घोषणा गरेपनि दशदिनलाई पुग्ने इन्धन मौज्दात नेपाल आयाल निगमसँग छ ।
पेट्रोलियम डिलर एशोसिएसन कोशीका अध्यक्ष दुर्गा बहादुर बस्नेतका अनुसार पछिल्लो समय नेपाल आयल निगमले बृद्धि गरेको इन्धनको मूल्य दश रुपिँयाको कमिसन डिलरहरुलाई नदिने बताएपछि आन्दोलनमा उत्रनु परेको हो । निगमले डिलहरुलाई इन्धन बिक्रीको ३ प्रतिशत कमिसन दिर्दै आएको छ । यसमा केहि शिर्षकका करहरु कटौती गर्दा २.६२ पैसा डिलरले पाउँदै आएका छन् ।

हामीले ५ प्रतिशत कमिसन माग गर्दै आएका छौं, अध्यक्ष बस्नेतले भन्नुभयो–वर्षेनी हाम्रो लागत बढ्दै जाँदा खर्च धान्न नसक्ने स्थिति आएको छ । मूल्य बढ्यो र लगानी पनि बढ्यो जसले गर्दा ‘ओभरहेड’ खर्च बढ्दै जाँदा खाईपाई आएको कमिसन पनि कटौती हुँदा आन्दोलनमा जानु परेको हो । नेपाल आयल निगमले डिलर एशोसिएशन केन्द्रलाई समेत थाहा नदिईकनै कमिसट कटौती गरेको आरोप व्यवसायीहरुको छ । नेपाल आयाल निगमले पछिल्लो दुई पटक ५÷५ रुपिँया प्रतिलिटर मूल्य बृद्धि गर्दा त्यस वापत हुन आउने १० रुपिँयाको कमिसन डिलरहरुलाई नदिने जनाउ दिएको छ ।

पूर्वाञ्चल पेट्रोलिम ढुवानी महासंघका अध्यक्ष धु्रव सिग्देलले डिलरले कमिसन बढाउन माग गर्दै आन्दोलन घोषणा गरेका बेला आफ्नो माग समेत सुनुवाई हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको बताउनुभयो । पेट्रोलिमय ढुवानी गर्दै आएका व्यवसायीहरुले २०७४ सालदेखि भाडा नबढाएको भन्दै बुधबारदेखि नेपाल आयाल निगमबाट ‘पर्चेज डेलिभरी अर्डर’ (पिडिओ) समेत लिएका छैनन् ।
अध्यक्ष सिग्देलले पिडिओ नलिएको जानकारी दिदैं शुक्रबारदेखि लोडिङ÷अनलोडिङ समेत नहुने जानकारी दिनुभयो । नेपाल आयल निगमले आफ्ना मागको सम्बोधन नगरे २० गतेदेखि सम्पूर्ण सवारी बन्द हुनसक्ने चेतावनी सिग्देलले दिनुभयो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले क्षमताको ९८ प्रतिशत मौज्दात रहेको बताउँदै उपभोक्ताहरुलाई नआत्तिन आग्रह गर्नु भएको छ । उहाँले अनावश्यक रुपमा इन्धनको भण्डारण उपभोक्ताले गर्नुनपर्ने बताउनुभयो ।
यता कतिपय पेट्रोलिमय व्यवसायीले भने इन्धनको अनधिकृत व्यापार गर्न आन्दोलन सुरु नहुँदै इन्धन भर्न उपभोक्तालाई सूचित गरेर व्यापारिक मनोवृत्ति देखाएको व्यवसायीहरुकै आरोप छ । चरणवद्ध रुपमा गरिदैं आएको आन्दोलन सम्झौता हुनसक्ने संभावना रहँदारहँदै पम्पमा इन्धन स्टक गरेर उपभोक्तालाई तर्साउने शैली अपनाएको भन्दै पम्प व्यवसायीले त्यसको विरोध गरेका छन् । आयल निगमले मागहरु सम्बोधन गर्नसक्ने संभावना रहँदारहँदै इन्धनको मौज्दात प्रशस्त रहेको बेला विराटनगरका कतिपय पम्प सञ्चालकले मंगलबारदेखि नै आन्दोलनका कारण इन्धन अभाव हुने सूचना सार्वजानिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्