आयुर्वेदिक औषधी उत्पादन गर्न ५० करोड लगानीमा उद्योग

आयुर्वेदिक औषधी उत्पादन गर्न ५० करोड लगानीमा उद्योग

विराटनगर । जटिबुटी प्रशोधन गरेर आयुर्वेदिक औषधी उत्पादन गर्न मोरङको कटहरीमा ५० करोड रुपिँयाको लागतमा नयाँ उद्योग स्थापना भएको छ ।

सहकारी हुँदै लघुवित्तमा आवद्ध विराटनगरका युवाहरुको समूहले गुराँस हर्बास्युटिकल्स नामको आयुर्वेदिक उद्योग स्थापना गरेका हुन् ।
कटहरी-५ मा तीन बिघा क्षेत्रफलमा ३० हजार वर्गफिटको उद्योगको संरचना तयार गरिएको प्रवन्धक निर्देशक उदय बरालले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारी हुँदै लघुवित्त संस्था सञ्चालन गर्दै आएको समूहले आयुर्वेदिक औषधी उत्पादन गरेर बजारीकरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो ।

गुराँसका प्रवन्धक निर्देशक बरालले पूणर्रुपमा आयुर्वेदिक पद्धतिबाट औषधी उत्पादन गर्ने दावी गर्नुभयो । तत्काल आवश्यक परे भारतबाट कच्चा आयात गरिने र पाँचवर्षमा मुख्य कच्चा नेपालमै उत्पादन गर्ने वातावरण बनाईसक्ने लक्ष्य राखिएको छ । निर्देशक बरालका अनुसार सिरफ (झोल), ट्याब्लेट, क्याप्सुल,वाइन्टमेन्ट -मलहमं) र तेल पहिलो चरणमा उत्पादन गरिने छ । यसको बजारीकरणपछि रस, रसायन, भस्म, आसव, च्यवनप्रास उत्पादन गरेर दोस्रो चरणमा बजार पठाउने योजना राखिएको छ । हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप, बाथ, छाला तथा यौन र प्रजनन्सँग सम्बन्धित औषधीहरुको उत्पादन हुने दावी गरिएको छ ।

उत्पादकलाई उत्पादनका लागि औषधी व्यवस्था विभागले जिएमपी सर्टिफाइड अनुसारको स्वीकृति दिइएको दावी छ । उद्योगले अनुसन्धान र विकास विभाग समेत राखेको छ, निर्देशक बरालले भन्नुभयो-यसलाई विश्वस्तरीय बनाउन डब्लुएचओको स्वीकृति लिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्