विराटनगरमा रातोपाटी अनलाईनको प्रदेश १ कार्यालय उद्घाटन

विराटनगरमा रातोपाटी अनलाईनको प्रदेश १ कार्यालय उद्घाटन

विराटनगर । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । विराटनगरमा रातोपाटी अनलाइनको प्रदेश कार्यालय उद्घाटन गर्दै सभामुख भण्डारीले परिवर्नतलाई संस्थागत गर्नपनि पत्रकारहरुको भूमिका उल्लेख्य रहेको बताउनु भएको छ ।

अहिले विभिन्न सामाजिक संजाल र युटुबमा आएको भ्रमपूर्ण प्रचारबाजीले व्यवसायिक पत्रकारहरुमा आक्रमण भइरहेको प्रति सजग हुनुपर्नेमा उहाँको जोड थियो । भ्रमपूर्ण समाचारहरु टिकटक, युटुबलगायतमा आउँदा पत्रकारहरुमाथि आक्रमण भइरहेको बताउँदै सभामुख भण्डारीले स्वतन्त्र पत्रकारिताको क्षेत्रको विकासका योगदान गर्दै निष्पक्ष ढंगले जनताको सुचना पाउने अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रातोपाटी अनलाइनले पत्रकारितामा छुट्टै पहिचान बनाएको बताउँदै विराटनगरमा कार्यालय खोलेकोमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनसरोकारका विषयमा राज्यलाई घच्घच्याउने काम संचारमाध्यामले गर्नुपर्ने बताउनुभयो । रातोपाटीका संस्थापक अध्यक्ष ओम शर्माले विराटनगर र प्रदेश १ को सवाललाई सम्बोधन गराउनका लागि राज्यलाई घच्घच्याउने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै रातोपाटीका प्रधानसम्पादक अरुण बरालले रातोपाटीको प्रदेश १ पोर्टलको रुपमा छुट्टै विकास गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश १ को हरेक विषयलाई स्थान दिन र विकास निर्माणमा बहस सिर्जना गर्न आफूहरु लाग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्