विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जनप्रतिनिधिका कारण विकासका गतिविधिले पनि फड्को मार्न नसकेको भन्दै सह–सचिव मैनालीले उप–मेयरमा उठ्ने इच्छा व्यक्त गरेकी हुन् । बिहीबार आवर विराटनगरसँग कुरा गर्दै उनीले भनिन्, ‘राज्यप्रदत्त हक तथा अधिकारबाट जनताहरु अझै पनि बञ्चित भईरहेको अवस्था छ । उनीहरुमा पहुँचको वातावरण सिर्जना हुन सकेको छैन् । म सँग त्यसका लागि इच्छाशक्ति सहितको भिजन छ । त्यसैले उप–मेयरमा उठ्न खोजेकी हुँ ।’

कक्षा ६ पढ्दा १२ वर्षको उमेरमा एमाले निकट विद्यार्थी संगठनबाट राजनिती सुरु गरेकी मैनाली हाल नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सह–सचिव छिन् । विभिन्न बाधा अवरोध पार गर्दै यहाँ आईपुगेकी उनी ५ जनाबाट संगठित हुँदै राजनितिमा पाईला टेकेकी राजनितिकर्मी हुन् । अनेरास्ववियुमा संगठित हुँदा महिला कोटाबाट निर्विरोध जिल्ला सदस्य हुँदै राजनिति कर्मलाई अगाडि बढाएकी उनी २०६२÷०६३ पछि माओवादीमा खुलेर लागेकी हुन् । माओवादीको विचार, सिद्धान्त र एजेण्डाले प्रभावित भएर माओवादीमा जोडिएकी उनी पार्टीको टोल संगठन, तत्कालिन वडा नं. १३ को वडा कमिटी उपाध्यक्ष, वडा नं. १४ को वडा कमिटी अध्यक्ष, महिला विभागको महानगर कमिटी कोषाध्यक्ष र पार्टीको महानगर कमिटी सदस्यको भुमिका निर्वाह गरिसकेकी छिन् ।

पार्टीको कार्यकारी भुमिका निर्वाह गरिसकेकी उनीसँग प्रदेश कमिटी सदस्य हुँदै केन्द्रिय आयोजक कमिटी सदस्यको अनुभव समेत छ । उनीले पहिलोपटक विराटनगरको उप–मेयरमा दाबी गरेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्