विराटनगर । विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजका कक्षा – १२मा अध्ययनरत विद्यार्थीहरुको लागि “विजनेस प्लान राईटिङ्ग” टे«निङ्ग शुक्रबार सम्पन्न भएको छ ।
यस बर्षदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा – १२ को विजनेस स्टडीज विषय अन्तर्गत विजनेस प्लान कसरी बनाउने भन्ने नयाँ पाठ्य युनीट थपिएको र यो शिर्षक विद्यार्थीहरुको नयाँ भएकोले उक्त कार्यक्रमको आयोजना गर्नु परेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताउनु भयो ।
कार्यक्रममा स्वीजरल्यान्डबाट अध्ययन पूरा गरि आउनु भएका विशेषज्ञ अभिनायक मल्लले विद्यार्थीहरुलाई विजनेस प्लान कसरी बनाउने भन्नेबारे रोचक तालिम दिनु भएको थियो । त्यस्तै मोटिभेसनल स्पीकर बसन्त अधिकारीले जिवनको महत्व, परिक्षाको तयारी गर्ने र जिवनमा सफलता प्राप्त गर्ने तरिकाहरुको बारेमा बताउनुभएको थियो ।
कार्यक्रम रोचक र ज्ञान बर्धक भएको कुरा कक्षा – १२का छात्रा सुधीरा सिंहले बताइन् । विद्यार्थीको शैक्षीक र चौतर्फी विकासकोलागि मेरिल्याण्डले हरसंभव प्रयास गरी रहने कुरा कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले बताउनुभयो ।