पेट्रोलियम व्यावसायीहरुको आन्दोलन फिर्ता, भोलिदेखि पेट्रोल पाईने

<span class='c1'>पेट्रोलियम व्यावसायीहरुको आन्दोलन फिर्ता,</span> <span class='c2'>भोलिदेखि पेट्रोल पाईने</span>

विराटनगर । नेपाल आयल निगमसँगको वार्तापछि पेट्रोलियम व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका छन् ।

शनिबार सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएपछि व्यावसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बिच शनिबार वार्ता भएको थियो । वार्तामा पेश गरिएका मागहरू मध्ये पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको थियो । अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागहरु जेष्ठ १५ सम्म सम्बोधन हुने सहमति पश्चात् पेट्रोलियम व्यावसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समिती र नेपाल आयल निगमद्वारा शनिबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उक्त बिषय उल्लेख गरिएको छ ।

यसअघि पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए । निगमलाई ढुवानी भाडा बढाउन दबाब दिँदै व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि २ दिनदेखि देशभर पेट्रोलियम पदार्थ तथा खान पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित बनेको थियो ।

तर, पेट्रोलियम व्यावसायी र आयल निगमबिचको वार्ता पश्चात् आईतबार बिहान ८ बजेदेखि पेट्रोलियम पर्दाथको बिक्री वितरण पुर्ववत रुपमा हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्