विराटनगरमा ‘द एज ब्याण्ड’को लाईभ कन्र्सटमा युवा यसरी झुमे (फोटो फिचर)

<span class='c1'>विराटनगरमा ‘द एज ब्याण्ड’को  लाईभ</span> <span class='c2'>कन्र्सटमा युवा यसरी झुमे (फोटो फिचर)</span>

विराटनगर । युवा पुस्तामा निकै नै लोकप्रिय मानिएको नेपालको चर्चित ‘द एज ब्याण्ड’को विराटनगरमा लाईभ कन्र्सट भईरहदा उनका फ्यानहरुले भरपुर मनोरन्जन लिन भ्याए ।

नयाँ वर्षलाई लक्षित गर्दै श्रष्टा नेपाल र सोलिस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा शनिबार विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्ण रेष्टुरेन्टमा ‘द एज ब्याण्ड’ को लाईभ कन्र्सट भएको थियो ।

‘द एज ब्याण्ड’ को विराटनगरमा दोस्रो लाईभ कन्र्सट हो ।

‘कोभिड १९ को कारण झण्डै २ बर्ष सम्म साँगीतिक कार्यक्रम हुन सकेको थिएनन तर अहिले जनजीवन सामान्य बन्दै गएपछि विराटनगरमा दैनिकी जसो सांगितीक कार्यक्रम हुन थालेका छन् ।

शनिबार भएको कार्यक्रममा प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राई सासद विन्दीया कार्की लगायतको उपस्थित रहेको थियो ।

‘द एज ब्याण्ड’को ‘मेरो आँशु’ ‘न चाहेको होइन...तिमीलाई ., सम्झीने मुटुहरु लगायतका एक दर्जन बढी गित प्रस्तुत गरेका थिए ।

आयोजकले ‘अहिलेको युवापुस्ताहरूको रोजाइमा परेको ब्याण्डलाई विराटनगरमा ल्याएर कन्र्सट गरिरहदाँ उनका फ्यानहरु निकै खुशीका साथमा झुमिरहेका देखिन्थे ।

लाईभ कन्र्सटमा विराटनगरका दर्शक मात्र नभएर धरान, ईटहरी ,दमकबाट समेत आएर भरपुर मनोरन्जन लिएको कार्यक्रम संयोजक साजिद आलमले जानकारी दिए ।

७ बजेबाट सुरु गरिएको कार्यक्रम राती १० बजे सम्म संचालन भएको थियो । उक्त लाईभ कन्र्सटको अनलाईन मिडिया पाट्नरको रुपमा आवर विराटनगर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्