विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरण गर्ने काम सुरु भएको छ । उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि आइतबार यसको शुभारम्भ गरिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सौन्दर्यकरण कार्यको शिलन्यास गर्नु भएको उपभोक्ता समितिका अध्यक्ष पुण्य प्रसाद भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष भट्टराईका अनुसार विराटनगर–धरान सडक खण्डको एयरपोर्ट मोडदेखि ४१५ मिटर दुरीको सौन्दर्यकरण गरिने छ । उपभोक्ताको २८ लाख ८३ हजार ३५९ सहभागितासहित ९६ लाख ११ हजार ३२५ रहेको छ । महानगरपालिकाले ६७ लाख २७ हजार ९३० अनुदान वापतको रकम उपलब्ध गराउने छ ।
यो आयोजना गत माघ १३ गतेदेखि नै सुरु भएको थियो । तर, काम भने ढिलो गरि सुरु गर्न लागिएको हो । उपभोक्ता समितिका अध्यक्ष भट्टराईका अनुसार पाइपको टनेलमा रङ्गरोगन र लाइट जडान गरिन्छ । उपभोक्ता समितिले सम्झौता गरेसँगै फ्याक्ट्रीबाट टनेलनका लागि फलामको पाइप निर्माण गर्ने अर्डर दिइएको थियो ।