विराटनगर विमानस्थलमा बन्नेभयो ‘कन्भेयर बेल्ट’

विराटनगर विमानस्थलमा बन्नेभयो ‘कन्भेयर बेल्ट’

विराटनगर । विराटनगरसहित देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’को सुविधा थप गर्ने प्रक्रिया बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाएको हो ।

विमानस्थमा जहाजबाट यात्रु ओर्लेपछि लगेजका लागि पर्खनुपर्ने समस्या अन्त्यका लागि निर्माण प्रक्रिया सुरु गरिएको हो । आन्तरिक विमानस्थलको सेवा सुदृढ गर्दै लैजाने योजना अनुरुप तीन विमानस्थलमा कन्भेयर बेल्ट निर्माणको लागि बोलपत्र आह्वान गरिसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप-प्रवन्धक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

विमानस्थल भित्रको प्राविधिक सुविधा अभिबृद्धिका लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । बोलपत्र आह्वान भएर मूल्याकंन कमिटि गठन गरिएको छ, उप-प्रवन्धक अधिकारीले भन्नुभयो-अब २० दिनपछि निर्माण कम्पनीसँग सम्झौताको चरणमा पुग्दछ ।

तीनवटै विमानस्थलमा विस्तार गरिने कन्भेयर बेल्ट ४० मिटर लम्बाईको हुनेछ । यसले एकघण्टामा दुईहजार ४०० ‘ब्यागेज’ क्लियर गर्नसक्ने उप-प्रवन्धक अधिकारीले जानकारी दिनुभयो । सामान्यतया कन्भेयरको एक मिटर दुरीले ७५० केजी क्षमताको ब्यागेज क्लियर गर्दछ ।
विमानस्थलमा यो सेवा विस्तारसँगै यात्रुलाई ब्यागेज लिन सहज र छिटो हुनका साथै सरसफाईमा समेत सहयोग पुग्ने बताइन्छ । प्राधिकरणले तीनवटै विमानस्थलमा विस्तार गर्ने कन्भेयर बेल्ट, बोलपत्रको सुचना सामुहिक रुपमा प्रकाशित गरेको थियो । उप-प्रवन्धक अधिकारीका अनुसार चारवटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्